सरकारले दियो गैडाकोटको मौलाकालिकामा केवलकार निर्माण अनुमति (निर्णय सहित)

0

डोलराज रानाभाट, गैडाकोट, १५ फागुन । सरकारले नवलपुरको गैडाकोटमा अवस्थित प्रशिद्ध धार्मिक मन्दिर मौलाकालिकासम्म पुग्ने गरी केवलकार निर्माणको अनुमति दिएको छ ।

गत फागुन १२ गते वसेको मन्त्रीपरिषद वैठकले मौलाकाली केवलकार आयोजना निर्माणको अनुमति दिदै १०−१० मीटर को फरकमा टावर संरचनाहरु रहनेगरी अनुमति दिएको छ । माथिल्लो स्टेशन निर्माण गर्न नवलपुर जिल्ला (बर्दघाट सुस्तापूर्व नवलपुर) को गैडाकोट नगरपालिका १ मा पर्ने मौलाकाली सामुदायिक वन र मौलाकाली धार्मिक वन समेतको गरी कूल जम्मा २.८२०६ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्त अर्थमन्त्री समेत रहनुभएका युवराज खतीवडाले जानकारी दिनुभयो । व्यवसायी चन्द्र ढकालले निर्माण गर्ने उक्त केवलकारको अव छिट्टै शिलन्यास गरिने भएको छ ।

Decision 

11-15

आइएमई समुहको लगानीमा मौलाकालीमा केवलकार निर्माण हुन लागेको हो । यो समुहको दोस्रो परियोजना हो । यसअघि कम्पनीको नेतृत्वमा चन्द्रागिरिमा केवलकार संचालनमा आइसकेको छ । सरकारले बनक्षेत्र प्रयोग गर्न दिने निर्णय नगर्दा परियोजनाको काम पछिल्लो समय अन्यौलमा रहेको थियो ।

गैडाकोट नगरपालिका स्टेसन भएर मौलाकालिकामा निर्माण हुने केबलकार निजी क्षेत्रको आयोजनामा स्थानीय सहभागिताको नमुना हुने गरेर बनाउने प्रतिबद्धता ढकालले गर्नुभएको थियो ।

Share.

Leave A Reply