गैंडाकोटमा एउटै बाख्रीले सात पाठापाठी जन्माउँदा…

0


गगन गिरी
फागुन १५, गैंडाकोट । एउटा बाख्रीले सामान्यतया कति पाठापाठी जन्माउला ? एक वा दुई । केही उन्नत जातको बाख्रीले बढीमा चारवटा सम्म जन्माउने गरेको पाइन्छ । तर गैंडाकोटको एक कृषकले पालन गरेको बाख्रीले सात वटा पाठापाठी जन्माएर सबैलाई अचम्मित बनाएको छ ।
बिहिबार गैंडाकोट ५ मा कृष्ण सापकोटाले त्रिरुपती फार्ममा पालेको बाख्रीले सातवटासम्म पाठापाठी जन्माएको हो । ४ वटा पाठा र ३ वटा पाठीलाई जन्म दिएको सापकोटाले जानकारी दिनुभयो । जन्मेको केही समयपछि २ वटा पाठीको मृत्यु भएको छ । अन्य पाठापाठीको स्वास्थ्य अवस्था सामान्य रहेको उहाँको भनाई छ ।
यसअघि दुई देखि तिन वटा सम्म जन्माएको बाख्रीले एकैपटक सात वटा पाठापाठी जन्माएपछि सबै आश्चर्यमा परेको फार्मका सञ्चालक पवित्रा बन्जाडेले जानकारी दिनुभयो ।
यस अगाडि कसैको बाख्रीले पनि यति धेरै पाठापाठी जन्माएको देखेका थिएनौ, बाख्रीले यसबेतमा ७ वटा जन्माएपछि अचम्म लाग्यो, उहाँले भन्नुभयो । पाँच वटा पाठापाठी जन्माएपछि स्थानीयले आश्चर्य मान्दै हेर्न आउन थालेका छन् ।
एउटा बाख्रीले तिन÷चार वटा पाठापाठी पाउने भएपनि सात वटा पाउने घटना बिरलै मात्रै सुन्न पाईन्छ । धेरै पाठापाठी भएकाले बाख्रीले दुध पु¥याउन नसक्ने भएकाले गाइभैँसीको दुध खुवाउनु स्थानीयले सुझाब दिएका छन् ।

Share.

Leave A Reply