चौतारो लगाउनेलाई एक पटक नसोधी धमाधम वर पिपल काटिदै

0

डोलराज रानाभाट, १४ फागुन । गैडाकोट वुटवल सडक खण्ड विस्तारका क्रममा चौतारोहरु हटाउने कामलाई तिव्र पारिएको छ । आयोजनाले चौतारो बनाई वर पिपल लगाउनेसँग एक वचन पनि नसोधी चोतारो हटाएको भन्दै संरक्षणकर्ताहरुले गुनासो गरेका छन् । सरकारले हटाउन पाउने नियम भएपनि वर्षौँदेखि चौतारो लगाएर त्यसको संरक्षणमा खटिएका स्थानीयसँग एक वचन समेत कुराकानी नगरी जवरजस्ती वर पिपल काटिएको भन्दै गुनासो गरेका हुन् । प्रदेशमै पहिलो पटक गण्डकी सरकारले वर पिपल समि र चौतारो संरक्षण तथा व्यवस्थापन ऐन वनाएपनि त्यसको कार्यान्वयन गैडाकोट नगरपालिकामा फितलो देखिएको छ । अहिले गैडाकोट नगरपालिकामा पर्ने पूर्वपश्चिम सडकका दायाँतर्फका चौतारमा रहेका वर पिपल समि काट्ने कार्यलाई तिव्र पारिएको हो । हटाउनुपर्छ त्यो हामीलाई पनि थाहा छ गैडाकोट ११ निवासी पार्वती आचार्यले भन्नुभाये , वर्षौँ देखि संरक्षण गर्दै आएको चौतारी हटाउँदा एक वचन पनि सोधिएन । दुख लाग्यो ।

उहाँ र उहाँका श्रीमान् ले घर अगाडी पिपल रोपेर प्लाष्टर सहित सानो चौतारो निर्माण गर्नुभएको थियो । छोराछोरी जस्तै गरी हुर्काएको चौतारीमा विद्यार्थी, यात्रु विश्राम गर्दै सवारी कुर्ने थलो थियो भने गर्मी मौसममा आसपासका स्थानीय वस्ने विश्राम पनि । तर आयोजनाका व्यक्तिहरुले एक वचन सम्म नसोधी भत्काएको आचार्यले बताउनुभयो । व्यक्तिगत स्वार्थका लागि उक्त चौतारो नवनाएको भन्दै उहाँले त्यहि पिपल चराचुरङी वस्ने वासस्थान पनि थियो ।  तीजका कार्यक्रमहरु पनि त्यहि आयोजना हुने उक्त चौतारोको पिपल काटेर मन दुखाएको उहाँको भनाई थियो । वाटो विस्तार कार्य राम्रो भएको तर एक पटक सोधेर उक्त चौताराको सट्टा अर्को ठाउँमा निर्माण गर्ने व्यवस्था गरिदिएको भए राम्रो हुने उहाँहरुको भनाई थियो । अहिले दायातर्फका प्राय चौतारोमा रहेका वर पिपल, समि काटेर आयोजनाले सकाउन लागेको छ ।

डिभिजन वन कार्यालय गैडाकोट शाखा प्रमुख सुरेश सिँह गुरुङले एक विरुवा काटे वापत २५ वटा अन्य रुख रोप्ने गरी आयोजनासँग सहमति भएको बताउँदै चौतारो वर पिपलको वारेमा भने कुनै छुट्टै सहमति गरिएको आफूलाई थाहा नभएको बताउनुभयो । अन्य रुखहरु काटे जस्तै चौतारोको वरपिपल काटिएको उहाँको भनाई छ । यद्यपी सडक विस्तारका क्रममा राख्न मिल्ने गरी कुनै चौतारो नरहेको उहाँको भनाई थियो ।

Share.

Leave A Reply