श्रीबैङ्कटेश मन्दिर गैँडाकोट १ मा भोलीदेखि ब्रम्होत्सव सुरु हुँदै

0

गैँडाकोट, १४ फागुन । श्री बैङकटेश मन्दिर गैँडाकोट १, रामानुज वेदविद्याश्रममा विहिबार भोलीदेखि ब्रम्होत्सव सुरु हुने भएको छ । भोली देखि सुरु हुने ब्रम्होत्सवको कार्यक्रम १९ गतेसम्म चल्ने मन्दिरका स्वामी श्यामकृष्णमाचार्यले जानकारी दिनुभएको छ । पाँच दिनसम्म चल्ने ब्रम्होउत्सव अवधिभर आठलाख जप, अनुष्ठान, १०८ घडाद्धारा बैङकेटश भगवानको अभिषेक, भगवानको गंगादर्शन एवं सवारी लगायतका कार्यक्रम हुने स्वामी श्यामकृष्णमाचार्यले जानकारी दिनुभयो । २०४८ सालमा प्राणप्रतिष्ठा भएको मन्दिर बैङकटेश भगवानको पुरानो मन्दिरको रुपमा परिचित रहेको छ । रामानुज वेदविद्याश्रम जिल्लाकै पुरानो संस्कृत गुरुकुलको रुपमा रहेको छ ।

Share.

Leave A Reply