आज उद्घाटन हुने बुलिङ्टार महोत्सव वर्षाका कारण स्थगित

0

मनप्रसाद भाट, बुलिङ्टार,१४ फागुन । आजबाट सुरु हुने भनिएको दोस्रो बुलिङ्टार महोत्सव वर्षाका कारण स्थगित भएको छ । हिजो देखिनै परेको वर्षाका कारण आज उद्घाटन गर्ने भनिएपनि प्रतिकुल मौसमका कारण भोलिका लागि सारिएको आयोजकले जानकारी दिएको छ । नेपाल भ्रमण बर्ष सन् २०२० लाई सहयोग गर्ने र स्थानीय उत्पादनलाई प्राथमिकता दिएर महोत्सवको आयोजना गरिएको आयोजक बुलिगं भलायटार बिकास समाजका अध्यक्ष दानकाजी बिरकट्टाले जानकारी दिनुभयो ।

गाउँमा रहेका पर्यटन क्षेत्रहरुको उजार र सम्भावनालाई प्रदर्शन गर्न पनि आयोजित महोत्सबमा १५० वटा स्टल रहने र त्यसमा १० वटा कृषि प्रदर्शनलाई छुट्याइएको र १४० वटा व्यवसायीक स्टल रहने महोत्सब मुल आयोजक समितिका सल्लाहाकार भबिलाल रानामगर ले बताउनुभयो ।
महोत्सवका मुख्य आकर्षणहरुमा,शान्तिपार्कको अवलोकन,झाँक्रि गुफाको अवलोकनका साथै परापूर्वक कालमा राजाले देह त्याग गरेका ढुङ्गाहरुको अवलोकन,थुप्रै मन्दिरहरुको दर्शन गर्न सकिने,स्थानीय मौलिक भेषभूषा सहितको झाँकीहरु हेर्न सकिने, मगर, दरै ,कुमाल जातिहरुको भेषभुषा र झाँकी तथा मौलिक तथा अर्गानीक परिकार खान सकिने वन तरुल,अदुवा कागती, केरा, अम्रिसो आदिको अवलोकन सहित सुपथ मुल्यमा किनमेल गर्न सकिने,स्थानीय कला संस्कृति झल्कने मौलिक कौरा, पन्चेबाजा, झाम्रे र नाचन सहित स्थानीय र राष्ट्रिय कलाकारहरुको विशेष प्रस्तुती रहने सल्लाहाकार रानाले जानकारी दिनुभयो ।

Share.

Leave A Reply