राज्यको खर्च भार घटाई विकासको गति तिव्र पार्न शासकीय स्वरुप परिवर्तन ः पूर्वकानुन मन्त्री तामाङ

0

हिमा अर्याल, गैडाकोट,१४ फागुन । राज्यको खर्च भार बढाएको र विकास निर्माण प्रभावकारी नभएको भन्दै पुर्व कानुनमन्त्री प्रतिनिधि सभा सदस्य शेरवहादुर तामाङले शासकीय स्वरुप परिवर्तन गर्न माग गर्नुभएको छ । अहिलेका शासकीय स्वरुपले देशमा ८८४ जना त सांसदमात्रै रहेको भन्दै यो संख्या जति सकिन्छ घटाउनुपर्ने र जनताबाट प्रत्यक्ष निर्वाचित कार्यकारी हुनेगरी अहिलेको संविधान संशोधन गर्न माग गर्नुभएको हो । विजय एएफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै सांसद तामाङले नेकपा भित्र कुनैपनि कार्यदल नवनेको प्रष्ट पार्दै व्यक्ति विशेष कहिल्यैपनि कानुन संशोधन नहुने बताउनुभयो ।

अहिले विभिन्न पक्षबाट संविधान संशोधनको माग उठीरहेका वेला अहिलेको आवश्यकता अनुरुप आफूले शासकीय स्वरुप परिवर्तनको मुद्दा उठाएको बताउनुभयो । प्रत्यक्ष कार्यकारी राष्ट्रपति लागु गर्न सके मात्र स्थीरता कायम हुने र उक्त व्यक्ति जनताप्रति उत्तरदायी हुने हुदा विकासले पनि गति लिने बताउनुभयो ।

अहिले भष्टाचारको अवस्था मौलाउदै गएको र नियतमै प्रश्न उठ्न थालेको बताउदै पुर्ण सामानुपातिक सहभागितामा जोड दिनु भयो । ऐन, कानुन लाई अझ बलियो बनाउनु पर्ने बताउदै उहाँले भष्टाचार देखि कुनै पनि अपराधमा संलग्न लाई अनुसन्धान र कारवाहि हुनेमा बिस्वस्त रहन पनि आग्रह गर्नुभयो ।

कार्यकारी राष्ट्रपति माग गर्नुको कारण के हो ? के नेकपा भित्र कानुन संशोधनको कार्यदल गठन भएको हो त? कुराकानी गर्दै पूर्व कानुन मन्त्री शेर वहादुर तामाङ

Posted by 101.6 Vijaya FM on Tuesday, 25 February 2020

Share.

Leave A Reply