माडीका वडाअध्यक्ष पौडेलद्धारा अनसन स्थगित

0

१३ फागुन । ७ वुँदे माग सहित गत फागुन ७ गतेदेखि आमरण अनसन वस्नुभएका वडा नम्बर १ का वडा अध्यक्ष कृष्णप्रसाद पौडेलले अनसन तोड्नुभएको छ । माडी क्षेत्रबाट प्रतिनिधि सभा सदस्य समेत रहनुभएका नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भएको टेलिफोन कुराकानी गपछि अनसन स्थगित गर्नुभएको हो । नेपाली काँग्रेस महासमिति सदस्य छविलाल भट्टराइका अनुसार स्वयम प्रचण्डले पौडेलले उठाएका माग आफ्नो पनि भएको र जसरी पुरा हुने प्रतिवद्धता जनाएपछि अनसन तोडेको बताउनुभयो ।

यद्यपी स्वास्थ्य अवस्थामा सुधार हुन भने अझै ३ दिन अस्पतालमै वस्नुपर्ने चिकित्सकले सुझाव दिएको उहाँले बताउनुभयो । अनसन वस्नुभएका पौडेललाई हात्तिको आक्रमणबाट तीन महिना अगाडी श्रीमान र छोरा गुमाकी बाटुली पौडेलले जुस खुवाएसंगै अनसन तोडिएको हो ।

अनसन तोडेपछि पौडेलले विश्वासको आधारमा प्रचण्डसँग धेरैनै विश्वस्त रहेको बताउनुभयो । आफूसँग गरेको प्रतिवद्धता पुरा नभएसम्म माडीका जनताका लागि आजिवन लडिरहने बताउनुभयो । केही समय पर्खने र माग पुरा नभए कुनै न कुनै रुपमा पुन आन्दोलन गर्ने बताउनुभयो । हिजो चितवनमा वसेको सर्वपक्षिय वैठकले पनि अनसन तोड्न आग्रह गरेको थियो ।

उता नगरप्रमुख ढाकुर प्रसाद ढकालले लिखित प्रतिवद्धता लिएर मात्रै माडी फर्खने बताउनुभएको छ । काठमाण्डौ रहनुभएका मेयर ढकालले माग सुनुवाईमा सवै सकारात्मक रहेको भन्दै मौखिक रुपमा निकुञ्जको बाटो २४ घण्टा आवतजावत गर्न पाउने, बाँदरझुलामा विकास निर्माणका कार्यहरु गर्न पाउने लगायतमा सहमति गर्दै कानुन संशोधनमा सकारात्म रहेको तर लिखित प्रतिवद्धता पछि मात्रै फर्कने बताउनुभयो ।

Share.

Leave A Reply