गजेन्द्रमोक्ष धामको प्रथम बार्षिकोत्सव, आज रथयात्रा

0

तस्विर ः विरेन्द्र पराजुली

१२ फागुन । गजेन्द्रमोक्ष त्रिबेणिधाममा शनिबारदेखि सुरु भएको गजेन्द्र मोक्ष नारायण भगवानको प्रथम बार्षिकोत्सवको तेस्रो दिन सोमबार आज रथयात्रा भएको छ।

शनिबारदेखि सुरु भएको महोत्सबको तेस्रो दिन भगवानलाई परिक्रमा गरिएको थियो। महोत्सबको रुपमा मनाइएको बार्षिकोत्सव पाँच दिनसम्म चल्ने छ । अखण्डज्योति बाबा च्यारिटिबल ट्रस्टको आयोजनामा कार्यक्रम बुधबारसम्म चल्ने त्रिबेणिधामका पिठाधिस स्वामी कृष्ण प्रपन्नचार्यले जानकारी दिनुभयो ।

सोमबार सम्पन्न रथयात्रामा हजारौ भक्त्तजन तथा स्वदेशी तथा बिदेसी पर्यटकको सहभागिता रहेको थियो । रथयात्रालाइ सम्बोधन गर्दै मुक्तिनाथ पिठाधिस अखन्डज्योती बाबा १००८ स्वामी कमलन्यन आचार्यले भगवानको स्थापना मात्र गरेर हुदैन त्यहा नित्यकर्म र शास्त्र अनुसार भगवानको कर्मपुरा गर्न जरुरी रहेको बताउनुभयो ।

Share.

Leave A Reply