प्रिन्टीङको मात्रै नभई अन्य आयोजनाको भ्रष्टचार पनि छानविन गर्न उजुरीः पौडेल

0

१२ फागुन । प्रधानमन्त्री सहित चार जना विरुद्ध अख्यितारमा उजुरी दर्ता गर्ने मध्येका एक आनन्द राम पौडेलले प्रिन्टिङ मेशिन खरिद मात्रै नभई संचार मन्त्रालयका अन्य खरिदप्रकृयाको छानविन गर्न उजुरी गरेको बताउनुभएको छ । पूर्व संचारमन्त्री गोकुल वास्कोटाको अडियो प्रकरण वाहिरीएपछि उजुरीनै नपरेको भन्ने तर्कबाट अख्तियार पन्छिन खोजेको होकी भन्ने लागेर प्रेम कैदी र आफूले उजुरी दर्ता गरेको बताउनुभयो ।

अहिले मिडीयामा आएको मात्रै विषय चर्चा हुन थालेको र त्यही विषयमा मात्रै छानविन गर्ने अख्तियारको तयारी आफूहरुले थाहा भएको तर अन्य धेरै आयोजना र खरिदको छानविन गर्न आवश्यक रहेको भन्दै उजुरी दर्ता गरेको उहाँको भनाई थियो ।

उहाँहरुले हिजो प्रधानमन्त्री केपी शर्मा ओली, तत्कालिन सूचना तथा सञ्चार प्रविधि मन्त्री गोकुल बास्कोटा, तत्कालिन सूचना तथा संचार मन्त्रालयका सचिव महेन्द्रमान गुरुङ र नेपाल सेक्युरिटी प्रेसका सिइओ विकल पौडेलविरुद्ध आइतबार अख्तियारमा उजुरी दिनुभएको हो ।

Share.

Leave A Reply