स्वास्थ्य जटिल भएपछि अनसनरत वडा अध्यक्षलाई भरतपुर अस्पताल ल्याइयो

0

फागुन १२ । निकुञ्ज ऐनको शंसोधन सहित विभिन्न जनपक्षिय माग राखी विगत ६ दिनदेखि अनसनरत माडीका वडाध्यक्ष कृष्ण प्रसाद पौडेलको स्वास्थ्य अवस्था गम्भीर भएपछि भरतपुर अस्पताल ल्याइएको छ । नेपाली काँग्रेसका महासमिति सदस्य छविलाल भट्टराईका अनुसार आइसीयुमा राख्नुपर्ने अवस्था आएपछि अस्पताल लगिएको र जाँच पछि थप अवस्था थाहा हुने बताउनुभयो । उहाँको शरिरमा थप झड्का हान्न थालेपछि भरतपुर ल्याइएको हो ।

एक हप्ता नजिक पुग्दा सम्म वडाअध्यक्षको माग वारे सरकारी पक्षले वेवास्ता गरेको भन्दै नेपाली काग्रेसले जिल्ला प्रशासन कार्यालय मार्फत हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापन पत्र वुझाएको छ । उता नगरप्रमुख ठाकुर प्रसाद ढकालसहितको टोलीले हिजो सोही क्षेत्रमा प्रतिनिधि सभा सदस्य एवम नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेको छ । भेटमा प्रचण्डले चितवन राष्ट्रिय निकुञ्जभित्रको सुबिधाप्राप्त बाटोमा २४सै घण्टा आवतजावत खुला गर्ने र बाँदरझुलामा रोकिएका भौतिक निर्माणजन्य योजनाहरु सो बस्तीको अर्को व्यवस्था नहुँदासम्म बिनाअवरोध कार्यान्वयनका लागि मार्गप्रशस्त गर्न आवश्यक भूमिका निर्वाह गर्ने जनाउनुभयो ।

त्यसैगरी, रीउ करिडोर निर्माणका लागि यसै आर्थिक बर्षबाट बजेट विनियोजन सुरु गरी आगामी आर्थिक बर्षदेखि सो परियोजनालाई बहुबर्षिय योजना बनाउन आवश्यक काम गर्न पनि प्रतिबद्धता रहेको नेकपा माडी नगर कमिटि अध्यक्ष प्रभु प्रसाद महतोले बताउनुभयो । प्रतिनिधीमण्डलले आज प्रधानमन्त्री केपी शर्मा ओली र वनमन्त्री शक्ति बहादुर बस्नेत लगायतसंग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

Share.

Leave A Reply