विप्लव समुहसंग अनौपचारिक छलफल जारी छः वार्ता संयोजक पाण्डे

0

हिमा आर्याल, गैडाकोट, ११ फागुन । नेकपाका केन्द्रीय सदस्य एवम् राजनीतिक वार्ता टोलीका संयोजक सोमप्रसाद पाण्डले विप्लव समुह संग बार्ताका लागि अनौपचारीक कुराकानी भैराखेको बताउनु भएको छ । बार्ताको लागि सरकार तयार रहेको बताउदै पहिला वार्ताका लागि सकारात्म देखिएको विप्लव समुहले आफ्नो आमसभा मंसिर ८ मा गरेपछि भने बार्ताबाट केहि पर पर गएको अनुभुति भएको बताउनु भयो ।

विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै पाण्डेले विप्लब समुह वार्ताका लागि तयार भए पार्टीप्रतिको प्रतिवन्ध र जेलमा भएका व्यक्ति छुटाउने विषयमा सरकारले कत्ति पनि ढिलो नगर्ने बताउनु भयो । अहिलेको शासन व्यवस्था उत्कृष्ट रहेको भन्दै अहिलेको समय हतियारबाट आफ्ना राजनीतिक मुद्दा स्थापित गर्न नसकिने तर्फ सचेत हुन सुझाव दिँदै वार्ता र छलफलबाटै समस्याको समाधान खोज्न उहाँको आग्रह थियो । सरकारपनि यसमा तयार रहेको भन्दै २७ वटा विभिन्न समूहसँग वार्ता भई टुंगोमा पु¥याइएको बताउनुभयो ।

२०७५ भदौ ८ गते अधिकार सम्पन्न बार्ता टोलि गठन भई मलाई जिम्मेवारी दिइयो । सुरुवातमा ४४ वटा समुह देखिएको थियो कुराकानी गर्दै जादा १६ वटा समुह संग बार्ता गर्न नपर्ने भेटियो र २८ वटा संग तराइ मधेस भाइरस किलर, सिके राउत जस्ता समुह संग वार्ता गर्ने निश्कर्षमा पुगियो । २७ वटा संग वार्ता भयो र टुंगो लाग्यो । वार्ता गरिएका विभिन्न समुहमा ३२८ जनालाई जगन्य अपराध सम्बन्धमा कारवाहि गरिएको र यस विषयमा अध्ययन भैराखेको छ, पाण्डेले भन्नुभयो ।

अब नेत्र विक्रम चन्द विप्लव समुह वाँकी रहेको बताउनु भयो । उक्त पार्टीका नेता गुणराज लोहनी संग बार्ता गरिएपनि निश्कर्षमा पुग्न नसकेको र अनौपचारिक बार्ता जारी रहेको पाण्डेको भनाई छ । अहिलेको अवस्थामा बन्दुकबाट सासन सत्ता कव्जा गर्न सक्ने अवस्था नदेखिएकाले बर्तामा आउनु को विकल्प नभएको बताउदै वार्तामा आउन उहाँले आग्रह गर्नु भएको हो ।

प्रतिवन्ध गर्ने काम रोकेर वार्तामा ल्याउने विषयमा प्रधानमन्त्रि ओलि संग कुराकानी भैरहेको र प्रधानमन्त्री ओलि यस विषयमा सकारात्मक रहेको बताउनु भयो । लोकतन्त्रको विकल्प लोकतन्त्र नै रहेको बताउदै मुलुकलाई नयाँ दिशा तर्फ लैजानको लागि काम गर्न जरुरी रहेको बताउनु भयो त्यसको लागि वार्ता नै प्रमुख उपाय भएको उहाँको भनाई थियो ।

नेकपाका केन्द्रीय सदस्य सोमप्रसाद पाण्डको नेतृत्वमा असन्तुष्ट विभिन्न पाक्षलाई वार्ता गर्दै सहमतिमा ल्याउने काम गरियो तर अझैपनि विप्लव समुह सहमतिमा आउन सकिरहेको छैन । पछिल्लो अवस्था के छ त ? कुराकानी गर्दै वार्ता समितिका संयोजक नेकपा केन्द्रीय सदस्य सोमप्रसाद पाण्डे ।

Posted by 101.6 Vijaya FM on Saturday, 22 February 2020

Share.

Leave A Reply