हुप्सेकोट गाउँपालिकामा लगाइएको ताला खुल्यो, पक्राउ परेका सुवेदीमाथि ८ दिनको म्याद थप

0

डोलराज रानाभाट, गैडाकोट, ११ फागुन । सवारी लाइसेन्स विना हुप्सेकोट गाउँपालिकाको ग १ झ ३८९ नम्वरको गाडी चलाएर वालकलाई ठक्कर दिएको आरोप लागेका फरार अधिकृत शिव प्रसाद सुवेदी पक्राउ परे सँगै गाउँपालिकामा लागेको ताला खुलेको छ ।

गत माघ ७ गते हुप्सेकोट गाउँपालिकाकी उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ललाई घर छोडेर फर्किएपछि सुवेदीले चालकलाई आडमा राखेर आफूले गाडी चलाएका थिए भन्ने आरोप छ । स्थानीयका अनुसार सुवेदीले चलाएको गाउँपालिकाको गाडीले स्थानीय ४ वर्षीय डिप्सन गाहा मगरलाई ठक्कर दिएपछि उनको मृत्यु भएको थियो भने त्यही नजिक रहेका अन्य चार जना घाइते भएका थिए ।

घटना लगत्तै फरार अधिकृत सुवेदीलाई आज विहान इलाका प्रहरी कार्यालय गैडाकोटले पक्राउ गर्न सफल भएको हो । लामो समयदेखि फरार रहेका उनलाई विशेष सुराकीका आधारमा विहान ५ बजे गैडाकोट २ बाट फक्राउ गरिएको हो । पर्वत जिल्ला कुस्मा नगरपालिका वडा नम्वर ९ घर भई हाल गैडाकोट १ मा वस्दै आएका सुवेदी विरुद्ध जिल्ला प्रहरी कार्यालय नवलवपुरमा मृतक वालककी आमा मिनाले किटानी जाहेरी दिनुभएपछि सुवेदी पक्राउ परेका हुन् ।

जिल्लाका डिएसपी एवम प्रवक्ता मोहन वहादुर खाँणले पक्राउ परेका सुवेदीलाई जिल्ला अदालतबाट ८ दिनको म्याद थप गरी सवारी ज्यान मुद्धामा थप अनुसन्धान जारी रहेको बताउनुभयो ।

Share.

Leave A Reply