गैंडाकोट ५ मा रहेको भुजु फ्रेब्रीकेशनको लापर्वाही, स्थानीयले लगाए ताला

0

माया कडेँल, गैडाकोट, ११ फागुन । गैंडाकोट ५ मा रहेको भुजु फ्रेब्रीकेशनमा स्थानीयले आईतबार तालाबन्दी गरेका छन । दुर्गन्ध र फोहोर ले गाउमा नै बस्न सक्ने अवस्था नरहेकाले तालाबन्दि गर्न बाध्य भएको स्थानीयले बताएका छन । स्थानिय होम नाथ पौडेलले गाउमा प्लाष्टिक जलाउने हुदा गाउँबासीलाई गाउमै बस्न असहज भएकाले ताला लगाउने निर्णय गरेर तालाबन्दी लगाईएको जानकारी दिनुभयो ।

भुजु फ्रेब्रीकेशनका म्यानेजर राजकु्मार परियारले स्थानीयले भने जस्तै प्रदुषण नभएको बताउनुहुन्छ । यता स्थानीयले भने यस्तो नभएको बताउछन । स्थानीय शान्ति शमाृले प्लाष्टिकजन्य बोरा र प्लाष्टिक जलाउदा प्रत्यक्ष स्वास्थयलाई असर गरेको बताउनुहुन्छ । मुक्ति सिग्देलले स्वच्छ बातावरणमा बाच्न पाउने अधिकार नै हनन भएको बताउदै स्थानीय सबैको एउटै आवाज भनेके भुजु फ्रेब्रीकेशन बन्द नै रहेको बताउनुहुन्छ ।

यस्तै गैंडाकोट ५ का वडाध्यक्ष नवराज कंडेलले स्थानीय र संचालकलाई राखेर बार्ता र संबादको बातावरण बनाई समस्या समाधानमा पहल गरिने बताउनुभयो । स्थानीयको स्वास्थ्यमा असर पर्नै गरेर भन्दा पनि यस्ता उद्योग र फैक्ट्री बस्ति भन्दा टाढा संचालन गर्दा राम्रो हुने थियो कि

Share.

Leave A Reply