धार्मिक पर्यटकलाई प्रकृतिसँग जोड्न भरतपुर महानगरको वृहत कार ¥याली (फोटो फिचर सहित)

0

डोलराज रानाभाट, गैडाकोट,११ फागुन । भ्रमण वर्ष सन् २०२० मा लुम्विनी आउने धार्मिक पर्यटकलाई चितवनमा पनि आकर्षित गर्ने उद्देश्यले भरतपुर महानगरपालिकाको आयोजमा हिजो वृहत कार र्याली सम्पन्न भएको छ । भरतपुरदेखि भगवान गौतम वुद्ध जन्मस्थान लुम्विनी सम्म आयोजना गरिएको कार र्यालीमा १५४ वटा कार र ३ सय ५० वढि व्यक्तिहरुले सहभागीता जनाएका थिए ।

भरतपुरबाट आएको कार र्यालीलाई गैँडाकोट नगरपालिकाले पनि समर्थन गर्दै नगरप्रमुख छत्रराज पौडेल सहितको समुहले स्वागत गरेको थियो । नगरपालिका अगाडि भरतपुरबाट आएको र्यालीमा सहभागि बाग्मती प्रदेश सांसद विजय सुवेदी, माहानगर प्रमुख रेनु दाहाल लगाएतलाई स्वागत गर्दै भ्रमण बर्ष सफल पार्न गरिएको कार्यलाई एक्केबद्धता जनाइएको नगर प्रमुख पौडेलले बताउनु भएको थियो ।
भ्रमण वर्ष सफल पारौँ भन्ने टिसर्ट, स्टीकर, व्यानर सहित लुम्विनी पुगेको र्याली सभामा बोल्दै महानगरपालिका प्रमुख रेनु दाहालले लुम्विनी सांस्कृतिक नगरपालिका संग भगिनी सम्वन्ध बनाइसकेको र अव पर्यटकलाई चितवन सम्म आकर्षित गर्ने र चितवनका पर्यटकलाई लुम्विनीसम्म जाने वातावरण वनाउन सके दुवै क्षेत्रको आर्थिक विकास हुने बताउनुभयो ।


चितवनमा वर्षभरी मुस्किलले २ देखि ३ लाख मात्रै पर्यटक आउने तर लुम्विनीमा वर्षमै २० औँ लाख पर्यटक आउदा यो संख्याका केही पर्यटक मात्रै पनि चितवन सम्म लैजान सकियो भने भ्रमण वर्षले सफलता पाउने बताउनुभयो ।

लुम्विनी सांस्कृतिक नगरपालिकाकी उपप्रमुख र प्रमुख प्रशासकिय अधिकृत सहितको समूहले स्वागत गरेको उक्त कार्यक्रममा बोल्दै वाग्मती प्रदेश सासद विजय सुवेदीले लुम्विनीबाट भरतपुर महानगरको भ्रमण वर्ष सुरु भएको बताउँदै अव यसलाई सफल पार्न सवै वर्ग लाग्नु पर्नेमा जोड दिनुभयो । र्यालीमा चितवन उद्योग संघले महागरबाट उपलब्ध हुने पेट्रोल खर्च लिएको थिएन । अध्यक्ष राजु पौडेलेका अनुसार भ्रमण वर्ष सफल पार्न निजी क्षेत्रको पनि आफ्नो दायित्व भएको भन्दै खर्च नलिई कार्यक्रम सफल पार्न सहयोग गरेको बताउनुभयो ।

महानगरले पर्यटन प्रबद्र्धनका लागि चालु आर्थिक वर्षमा ३२ कार्यक्रम गर्ने योजना बनाएको मध्ये हालसम्म १० कार्यक्रम सम्पन्न भइसकेको महानगर प्रमुख दाहालले जानकारी दिनुभयो ।

Share.

Leave A Reply