पक्राउ परे हुप्सेकोट गाउँपालिकाका अधिकृत सुवेदी, उनैले गाडी चलाउदा वालकको ज्यान गएको स्थानीयको आरोप

0

डोलराज रानाभाट, गैडाकोट, ११ फागुन । विना सवारी लाइसेन्स हुप्सेकोट गाउँपालिकाको गाडी चलाएर वालकलाई ठक्कर दिएको आरोप लगाइएका फरार अधिकृत शिव सुवेदी पक्राउ परेका छन् । गत माघ ७ गते हुप्सेकोट गाउँपालिकाकी उपाध्यक्ष स्वतन्त्र कोपिला मल्ललाई घर छोडेर फर्किएपछि सुवेदीले चालकलाई आडमा राखेर गाडी चलाएका थिए ।

स्थानीयका अनुसार गाउँपालिकाको गाडीले स्थानीय ४ वर्षीय दिप गाहा मगरलाई ठक्कर दिएपछि त्यही नजिक रहेका अन्य पनि घाइते भएका थिए । घटना लगत्तै फरार अधिकृत सुवेदीलाई आज विहान इलाका प्रहरी कार्यालय गैडाकोटले पक्राउ गर्न सफल भएको हो । लामो समयदेखि फरार रहेका उनलाई विशेष सुराकीका आधारमा गैडाकोट २ बाट फक्राउ गरिएको हो । आज विहान ५ बजे इलाका प्रहरी कार्यालय गैडाकोटको विशेष टोलीले पक्राउ गर्न सफल भएको हो । पीडित परिवारले विना लाइसेन्स अधिकृत सुवेदीले गाडी चलाएका कारण उनलाई करवाही हुनुपर्ने माग सहित विरोध गरिरहेका छन् । जिल्ला प्रहरी कार्यालय नवलवपुरमा मृतक वालककी आमा मिनाले सुवेदीविरुद्ध किटानी जाहेरी दिनुभएको छ ।

घटनामा राजनीतिकरण भएपछि लामो समय गाउँपालिका कार्यालय अस्तव्यस्त छ । गाउँपालिका अध्यक्ष लक्ष्मी पाण्डेका अनुसार कार्यालयमा रहेर काम गर्ने वातावरण नभएको बताउनुभयो । सुवेदी काँग्रेस निकट कर्मचारी भएर जोगाउन खोजिएको आरोप लगाइपनि त्यो सत्य नभएको र आफैले पनि प्रहरीलाई पटक पटक किन पक्राउ गर्न सक्नुभएको छैन भन्दै प्रश्न गरिरहेको कार्यक्रम गण्डकी छड्केमा बताउनुभएको थियो । दोषीलाई जोगाउने आफ्नो कुनै पनि मनसाय नरहेको भन्दै पैसामा घटना मिलाउने आफ्नो कुनै छलफल नभएको समेत बताउनुभएको थियो ।

मृतकका आमा वुवा भन्दा उत्तेजित भीडका व्यक्तिहरुले छलफल हुने वातावरण नगराउँदा समस्या झन् वढेको उहाँको भनाई थियो । माटो संरक्षण गर्न कानुन वनाए देखि काम गरिरहेका प्रमुख प्रशासकिय अधिकृतलाई सरुवा गर्न खोजेपछि आफूले रोकेका बताउँदै अवधि नपुगेर गरिएको सरुवालाई स्थगित गर्न आफूले मन्त्रालयमा कुरा गरिरहेको उहाँको भनाई थियो । माटोको अवैध उत्खनन् रोक्न लागिपर्दा अनेक नारा लाग्ने गरेको उहाँको गुनासो थियो । गाडीले ठक्कर दिएर वालकको मृत्यु भएपछि अस्तव्यस्त रहेको गाउँपालिकाको दैनिक कार्यसमेत प्रभावित हुँदै विकास निर्माणमै अप्ठेरो पर्न थालेको गुनासो बढिरहेको छ ।

Share.

Leave A Reply