आज सेना दिवस, पहिलो पटक युनिटी जर्नल प्रकाशन, प्रथमलाई २ लाख पुरस्कार प्रदान

0

डोलराज रानाभाट, गैडाकोट, ९ फागुन । आज सेना दिवस । सेना दिवसको अवसरमा शुभकामना दिँदै प्रधानसेनापति पूर्णचन्द्र थापाले कानुन कार्यान्वय देखि देसको रक्षा, सुरक्षा र एकतालाई सधैँ उच्च स्थानमा राखेर नेपाली सेनाले काम गरिरहेको बताउनुभयो । यसै वर्षदेखि वौद्धिक तथा प्राज्ञिक व्यक्तिहरुको विचार समेटर युनिटि जर्नल पनि प्रकाशन गरिएको छ । जसको हिजो उपप्रधानमन्त्री एवम रक्षामन्त्री इश्वर पोखरेलले उद्घाटन गर्नुभएको थियो ।

जर्नलमा लेख पठाउने उत्कृष्ट ३ जना विहारी कृष्ण श्रेष्ठलाई २ लाख नगद सहित प्रथम पुरस्कार, १ लाख सहितको दिद्धीय पुरस्कार पशुपति नेपाल र ५० हजार नगद सहितको तृतीय पुरस्कार गेजा शर्मा वाग्लेलाई प्रदान गरिएको थियो । अन्य धेरैलाई १० हजार नगद प्रमाण सहित पुरस्कृती गरिएको थियो ।

कार्यक्रममा बोल्दै उपप्रधानमन्त्री ईश्वर पोखरलले छिट्टै सुरक्षा नीतिले पूर्णता पाउने बताउँदै राष्ट्रिय सुरक्षामा सवै तह र तप्काको भूमिका महत्वपूर्ण हुने बताउनुभयो ।

पुस्तक प्रकाशनले नेपाली सेनामा थिंक ट्याङ्क विकास गर्नमा सहयोग पुग्ने भन्दै यसको निरन्तरतामा जोड दिनुभयो । अव छिट्टै नेशनल डिफेन्स युनिभर्सीटीको स्थापना गर्न लागिएको र यो पुस्तकले थप विचार र योजना निर्माण गर्नमा सहयोग पुग्ते बताउनुभयो । वौद्धिकवर्गसँग सम्वन्ध सुधार र दुई छिमेकी विचमा रहेर कसरी राष्ट्रहितमा काम गर्न सकिन्छ भने वहसका लागि पनि किताव प्रकाशन गरिएको उहाँको भनाई थियो ।

कार्यक्रममा बोल्दै प्रधानसेनापति पूर्णचन्द्र थापाले राष्ट्रिय एकताविना राष्ट्र सुरक्षाको कल्पना सम्म गर्न नसकिने भन्दै प्राज्ञिक विज्ञ व्यक्तिहरुसँगको विचार लिँदै आगामी योजना निर्माण गर्ने बताउनुभयो । अवसर चुनौति दुवै हुँदा चुनौतीलाई मात्रै लिँदा अवसर गुमेको भन्दै यसरी प्रकाशित पुस्तकलले नेपाली सेनाको अवस्था र गतिविधि तथा आगामी दिनमा गर्नुपर्ने कार्यहरुको पनि जानकारी मिल्ने भएकाले यसलाई निरन्तरता दिने प्रतिवाद्धता जनाउनुभयो । आागमी वर्षका लागि हिजोकै कार्यक्रम मार्फत विषयवस्तु पनि सार्वजनिक गरिएको थियो । कार्यक्रममा सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले स्वागत गर्नुभएको थियो ।

Share.

Leave A Reply