चितवन, नवलपरासी र तनहुँका गाउँपालिकामा को–को कार्यकारी अधिकृत आए ?

0

श्रीधर उपाध्याय
नवलपरासी । चितवन, तनहुँ र नवलपरासीसंगै सरकारले सबै गाउँपालिकामा कार्यकारी अधिकृत खटाएको छ । चितवनको एक मात्र गाउँपालिका इच्छाकामना गाउँपालिकाको कार्यकारी अधिकृतमा पुष्पराज खनाललाई तोकेको छ ।

tanahu

नवलपरासीका आठ गाउँपालिकामा पनि कार्यकारी अधिकृत तोकिएको छ । बुलिङटारमा घनश्याम गाहा, बुङदीकालीमा कृष्णप्रसाद ज्ञवाली, हुप्सेकोटमा छत्रबहादुर अधिकारी, विनयीमा सुरेन्द्र प्रसाद बस्याल, त्रिवेणीसुस्तामा जीवलाल श्रेष्ठ, प्रतापपुरमा रुद्रलाल भुषाल, पाल्हीनन्दनमा लेखनाथ न्यौपाने, सरावलमा झविश्वर रेग्मीलाई तोकिएको छ ।

nawalparasi_gaupalika

तनहुँका ६ गाउँपालिका अन्तर्गत आँबुखैरनीमा दुर्गा थापा, ऋषिङमा चण्डिका पौडेल, घिरिङमा नरहरी सापकोटा, देवघाटमा नारायणप्रसाद चापागाईं, बन्दीपुरमा भेषबहादुर कुँवर, म्याग्देमा दयाराम तिवारीलाई कार्यकारी अधिकृतमा तोकिएको छ ।

tanahuma

 स्थानीय चुनावको लागि आवश्यक काम समेत गर्नेगरी ४८१ वटै गाउँपालिकामा कार्यकारी अधिकृत खटाइएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयले कुनै विलम्ब नगरी खटिएको ठाउँमा रमाना लिएर हाजिर हुन सम्बन्धित अधिकृतहरुलाई निर्देशन समेत दिएको छ ।

Share.

Leave A Reply