जलुके वक्तृत्वका लागि सरस्वतीबाट वर्षा छनौट

0


गैँडाकोट,फागुन २।
जलुके वक्तृत्वकला प्रतियोगिता २०७६ को फाइनल प्रतिष्पर्धाका लागि शुक्रबार सरस्वती निकेतन सेकेण्डरी ईंग्लीस स्कूल गैँडाकोट १ मा छनौट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा कक्षा ८ कि वर्षा शर्मा प्रथम भइ फाइनल प्रतिष्पर्धाका लागि छनोट हुनुभएको छ । ५ जना विद्यार्थीले गरेको प्रतिष्पर्धामा स्वस्तिका पौडेल द्वितीय, सौगात पौडेल तीतृय, सुसन शर्मा र विकास थापा मगरले सान्तव्ना स्थान हासिल गरेका थिए ।
जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजना, गँैडाकोट नगरपालिका वाड नं. १ को सहयोग र सामुदायिक रेडियो विजय एफएम १०१.६ को समन्वयमा जलुके वक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको हो ।
कार्यक्रमका प्रमुख अतिथि सरस्वती निकेतन सेकेण्डरी ईंग्लीस बोर्डिङ स्कूलका प्रिन्सिपल भरतबाबु कंडेलले पानीको वचत र व्यवहारका बारेमा, जलुके खानेपानीको पानी शुद्धिकरणका बारेमा सचेतना फैलाउन गरिएको कार्यक्रम प्रशंसायोग्य रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष मोतिचन्द्र चालिसेले जलुके खानेपानीको उपभोग गरिरहेका विद्यार्थीले आफूले कस्तो पानी प्रयोग गरिरहेका छौँ यस विषयमा जानकार हुन आवश्यक रहेको हुनाले यस्तो कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । संसारमा सुरक्षित खानेपानी १ प्रतिशत मात्र रहेको हुँदा पानीको सहि सदुपयोग गर्न विद्यार्थीहरुमा सुझाब प्रदान गर्नुभएको थियो । जलुके खानेपानी सुरक्षित रहेको हुँदा ढुक्क भएर पानीको प्रयोग गर्न आग्रह गर्नुभयो ।
कार्यक्रमका सरस्वती निकेतन बाल क्लबका अध्यक्ष हिमाचंल पौडेलले पानीको शुद्धिकरणका विषयमा सचेतना फैलाउन जागरुक संस्थाले विद्यार्थीमा सन्देश फैलाउन आयोजना गरिएको कार्यक्रमले बालबालिकामा सकरात्मक सन्देश दिने धारणा राख्नुभएको थियो ।


कार्यक्रमको निर्णायक मण्डलमा विद्यालयका शिक्षक बलराम पोख्रेल र पार्वती सापकोटा रहनुभएको थियो । संस्थाका कार्यसमिति सदस्य खेमप्रसाद गिरिले स्वागत एवं कार्यक्रम मािथ प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको सहजीकरण संस्थाका सहसचिव एकराज सापकोटाले गर्नुभएको थियो । कार्यक्रममा संस्थाका उपाध्यक्ष जगन्नाथ पौडेल, कोषाध्यक्ष पार्वती शर्मा लम्साल, सदस्य भगवान लम्साल, दलबहादुर राना, विद्यालयका शिक्षक दीपक सापकोटा, लक्ष्मण कंडेल एवं विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रम संस्थाका अध्यक्ष मोतिचन्द्र चालिसेको अध्यक्षतामा सम्पन्न भएको थियो । जलुके वक्तृत्व कला प्रतियोगिताको अर्को छनौट कार्यक्रम फागुन ४ गते गैँडाकोट १ मा रहेको नवदुर्गा आधारभूत विद्यालयमा हुने छ । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यक्षेत्र भित्र पर्ने १२ वटा विद्यालयमा छनौट कार्यक्रम सम्पन्न भएपछि फाइनल प्रतिष्पर्धाको आयोजना गरिने प्रतियोगिताको समन्वय संस्था सामुदायिक रेडियो विजय एफएम १०१.६ का स्टेशन म्यानेजर श्रीधर उपाध्यायले जानकारी दिनुभयो ।

Share.

Leave A Reply