गैंडाकोट ३ का करिब ३ सय विद्यार्थीमा स्वास्थ्य समस्या, स्वास्थ्य परिक्षण हुदै, श्वासप्रश्वास जन्य समस्या देखिएको जानकारी ।।

0

माया कंडेल, गैंडाकोट, फागुन ३
गैंडाकोट ३ का करिब ३ सय विद्यार्थीमा स्वास्थ्य समस्या देखिएको छ । गैंडाकोट ३ ढोडेनीमा रहेको श्रीकृष्ण गण्डकी माध्यामिक विद्यालयका विद्यार्थीमा श्वासप्रश्वास जन्य समस्या देखिएपछि अहिले स्वास्थ्य परिक्षण भईरहेको छ । विद्यार्थीहरुमा रुघा र एकोहोरो खोकी लागेकोे बिद्यालयका प्रधानाध्यापक सुर्यनाथ तिवारीले विजय एफएमलाई जानकारी दिनुभयो । उहाले ४÷५ दिनअघिदेखी कक्षा १० का केहि विद्यार्थीमा स्वास्थ्य समस्या देखिएपनि केहि दिनको अन्तरालमा बिद्यालयका अन्य बिद्यार्थीमा पनि संक्रमण देखिएको बताउनुभयो । करिब ३ सय विद्यार्थीमा स्वास्थ्य समस्या देखिएपछि पठनपाठनमा पनि समस्या भएको उहाले जानकारी दिनुभयो ।

विद्यार्थीमा स्वास्थ्य समस्या देखिएपछि नगर स्वास्थ्य शाखाको सहयोगमा गैंडाकोट ३ को वडा कार्यालय परिसरमा अहिले स्वास्थ्य शिवीर जारी रहेको छ । सबै विद्यार्थीमा एकै किसिमको समस्या देखिएको नगर स्वास्थ्य शाखाका ईन्द्रराज शर्माले जानकारी दिनुभयो । विद्यार्थीहरुमा श्वासप्रश्वास जन्य समस्या देखिएको बताउनुभयो । उहाले एकै प्रकारको भाईरल भएको बताउदै आत्तिनुपर्ने अवस्था नभएको पनि बताउनुभयो ।

विद्यार्थीहरु मात्रै नभएर गैंडाकोट ३ का सुन्दर टोल बिकास संस्था र भुजगन्नाथ टोल बिकास संस्थाका अन्य स्थानीयलाई पनि स्वास्थ्य समस्या देखिएको छ । र उहाँहरुको पनि स्वास्थ्य परिक्षण भईरहेको छ ।

तस्विर ः ईन्द्रराज पोख्रेल


तस्विर ः ईन्द्रराज पोख्रेल

Share.

Leave A Reply