प्रथम शहीद लखन थापाको पूर्ण कदको शालिक गैडाकोट ८ मा बनाइने

0

डोलराज रानाभाट, २ फागुन, गैडाकोट । नवलपुरको गैडाकोट ८ मा नेपालका प्रथम शहीद क्याप्टेन लखन थापा मगरको पूर्ण कदको शालिक निर्माण हुने भएको छ ।

शालिक निर्माणको आज कार्यक्रमका प्रमुख अतिथि गैडाकोट नगरपालिकाका नगर प्रमुख छत्रराज पौडेलले शिलान्यास गर्नुभएको नेपाल मगर संघ नगर समिति गैडाकोट नवलपरासीका अध्यक्ष दुर्गा वहादुर मसराङ्गी मगरले जानकारी दिनुभयो । लखन चोकमा ३ लाख ५० हजारको लागतमा शालिक निर्माण गरिने उहाँले बताउनुभयो ।

प्रथम शहीद थापाको १४३ औँ स्मृति दिवसका अवसर पारेर उक्त शालिक निर्माणको शिलान्यास गरिएको हो । शिलान्यस सँगै खुल्ला रक्तदान कार्यक्रमको पनि आयोजना गरिएको छ । हालसम्म २३ जनाले रक्तदान गरिसकेका छन् ।

५२ औँ पटक रक्तदान दिँदै गर्नुभएका जिल्ला फुटवल संघ नवलपुरका महासचिव लक्ष्मण कार्कीले साजिक कार्यमा संघले गरेको कार्यको प्रशंसा गर्दै यत्तिकै खेर गइरहने रगतको दान गरी पुण्य लिन सक्ने कार्यमा सरिक हुन सवैमा आग्रह गर्नुभएको छ । नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय गैडाकोटको प्राविधिक सहयोगमा जारी रक्तदान कार्यक्रम बेलुकासम्म चल्नेछ ।


नेपाल मगर संघ गैडाकोट नगरसमितिका अध्यक्ष दुर्गा वहादुर मसराङ्गी मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सहजीकरण सचिव कुल वहादुर विरकट्टा मगरले गर्नुभएको थियो भने कार्यक्रममा उपाध्यक्ष नरजङ राना मगरले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Share.

Leave A Reply