भोलि हुने रक्तदानमा सहभागी हुन नेपाल मगर संघ गैडाकोटको आह्वान, प्रथम सहिद लखन थापाको शालिक निर्माणको पनि शिलान्यस गरिने

0

डोलराज रानाभाट, १ फागनु । नेपाल मगर संघ नगर समिति गैडाकोट नवलपरासीले प्रथम शहीद क्याप्टेन लखन थापा मगरको १४३ औँ स्मृति दिवसको अवसरमा खुल्ला रक्तदान कार्यक्रमको आयोजना गरेको छ । भोलि फागुन २ गते आयोजना गरिएको कार्यक्रम गैडाकोट ८ लखन चोकमा हुने अध्यक्ष दुर्गा वहादुर मसराङ्गी मगरले विजय एफएमलाई जानकारी दिनुभयो । उहाँका अनुसार गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेलको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम हुने भएको हो ।

प्रथम शहिद थापाको स्मरण गर्दै सामाजिक कार्यमा सहयोग पुग्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको र स्वतस्र्फूत कार्यक्रममा सहभागी भई रक्तदान गरी सहयोग पुर्याउन अध्यक्ष मसराङ्गीको सवैमा आग्रह रहेको छ ।

नेपाल रेडक्रस सोसाइटी शाखा कार्यालय गैडाकोट सह आयोजक रहने उक्त कार्यक्रम भव्य रुपमा गरिने भएको हो । सोही अवसरमा प्रथम शहिद लखन थापाको पूर्ण कदको शालिकको पनि शिलान्यास गरिने उहाँले जानकारी दिनुभयो । पूर्ण कदको शालिक करिव ३ लाखको लागतमा निर्माण गरिने अध्यक्ष मसराङ्गीले बताउनुभयो ।

Share.

Leave A Reply