नयाँ एसपी रेग्मीको पत्रकार भेटघाट, लागुऔषध नियन्त्रणमा चुनौती

0

गैडाकोट, १ फागुन । जिल्ला प्रहरी कार्यालय नवलपुरमा आएका एस पि दिपक रेग्मीले आज पत्रकारहरुसँग भेटघाट गर्नुभएको छ । उहाँ आएकै दिन जिल्लामा सवारी चेकजाँचका क्रममा ठूलो परिमाणमा लागु औषध सहित आठ जना पक्राउ परेका छन् । यसले नवलपुर आगुऔषधको ट्रान्जिट रहेको र यसको नियन्त्रण चुनौति देखिएको छ । जिल्लामा शान्ति सुरक्षा कायम राख्ने बताउनुभएका एसपीको नयाँ काम गर्ने तरिका हेर्न वाँकी रहेको छ । भारत संग सिमाना जोडिएका कारण धेरै लागुऔषध लुकाईछिपाई ल्याउने कारोवारी वढेको भन्दै उहाँले सूचना आदनप्रदानमा राज्यको चौथो अंगले सहयोग गर्न आग्रह गर्नुभएको छ । सोही अवसरमा नेपाल पत्रकार महासंघ नवलपुरका जिल्ला अध्यक्ष होमराज रानाभाटले मिडियाकर्मीलाई दिनु पर्ने सुचनामा कुनै कन्जुसाई नगरी छिटो उपलब्ध गराउन आग्रह गर्नुभयो ।
पूर्वी नवलपरासीमा प्रहरीले ठुलो मात्रामा लागु औषध सहित आठ जनालाई पक्राउ गरेको छ । प्रहरीले एक हजार तीन सय आठ एम्पुल लागू औषध सहित पक्राउ गरेको हो । गए रातीको समयमा कावासोती नगरपालिका वडा नं ०८ थानाचोक स्थित राजमार्गमा चेक जाँच तथा खानतलासी गर्दा काठमाण्डौ जिल्ला काठमाडौं .महानगरपालिका वडा नं २३ धुम्बराही बस्ने बर्ष १८ को रबि राई ,दोलखा जिल्ला भिमेश्वर नगरपालिका वडा नं ११ बस्ने बर्ष २३ को सुमन सुबेदीलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक मोहनबहादुर खाँडले बताउनुभयो । प्रहरीले निजहरुको शरीर खानतालसी गर्दा ५३ एम्पुल डाईजापाम, ५३ एम्पुल फेनरागन र ५३ एम्पुल नुफिन गरी जम्मा १०९ एम्पुल लागुऔषध र ३८ वटा सिरिन्ज फेला पारेको र प्रहरी नायब उपरीक्षक खाँडले बताउनुभयो ।
यसै गरि कावासोती नगरपालिका वडा नं १६ चालिस किलो स्थित राजमार्गमा सवारी साधनहरु रोकी चेकजाँच गर्ने क्रममा काठमाण्डौ जिल्ला काठमाडौं महानगरपालिका वडा नं. ३२ बस्ने बर्ष ३० को दिपक थापा, चितवन जिल्ला भरतपुर महानगरपालिका वडा नं.४ बस्ने बर्ष ३० को कृष्ण कंडेल सवार रहेको ना ४६ प नं. ३४८७ नं.को स्कुटर रोकी चेकजाँच गर्ने क्रममा नुफिन ३२८ एम्पुल, फेनारागन ३२८ एम्पुल,डाईजापाम ३२८ एम्पुल गरी जम्मा ९८४ एम्पुल र नाईट्राभ्याट (१० लेखेको १ पत्तामा १५ ट्याब्लेट लागुऔषध फेला पारी निजहरुलाई पक्राउ गरि लागुऔषध अन्तर्गत मुद्दा चलाईएको खाँडले बताउनुभयो ।
साथै कावासोती नगरपालिका वडा नं १६ चालिसकिलो स्थित राजमार्गमा चेकजाँच गर्ने क्रममा चितवन भरतपुर महानगरपालिका वडा नं.७ वस्ने वर्ष २१ को दिपेश क्षेत्री ,वडा नम्बर २५ बस्ने बर्ष २९ को नारायण क्षेत्रीलाई नुफिन ५५एम्पुल, फेनारागन ५५ एम्पुल,डाईजापाम ५५ एम्पुल गरी १६५ एम्पुल सहित पक्राउ गरी लागुऔषध अन्तर्गत मुद्दा चलाईएको प्रहरी नायब उपरीक्षक खाँडले बताउनुभयो ।

Share.

Leave A Reply