भोलिदेखि बुलिङटारमा दोस्रो गाउँपालिका अध्यक्ष कप हुने, राष्ट्रपति रनिङशिल्ड छनोट पनि भोलिदेखिनै

0

मनप्रसाद भाट, बुलिङ्टार, १ फागुन । खेलकुद गतिविधि संचालन गर्न कठीनाई हुँदै आएको नवलपुरको बुलिङटार गाउँपालिकामा अहिले भने राम्रो खेल मैदानको निर्माण गरिएको छ । वुलिङटार रंगशालाको नाम दिएर बुलिङटार ३ चनटारमा खेल मैदानको विकास गरिएको हो ।

गाउँपालिकाले बजेट उपलब्ध गराएसँगै अव भने युवाहरुलाई खेलप्रति क्षमता विकास सँगै खेल कै माध्यमबाट बुलिङ्टारलाई जिल्ला, प्रदेश, राष्ट्रिय अन्तराष्ट्रिय स्तरमा चिनाउन मद्दत पुग्ने युवा तथा खेलकुद विकास समिति वुलिङटारका अध्यक्ष तिल वहादुर खण्डलुकले बताउनु भयो । यसअघि आर्थिक अभावका कारण भएका योजनाले पनि पूर्णता पाउन सकेका थिएनन् भने खेलका गतिविधि पनि सोचेअनुरुप अघि बढाउन नसकिएको अध्यक्ष खण्डलुकको भनाई थियो ।

यसैविच भोलि देखि दोस्रो गाउँपालिका अध्यक्ष कप वडा स्तरीय भलिवल प्रतियोगिताको आयोजना गरिएको छ । अध्यक्ष खण्डलुकका अनुसार प्रतियोगिता अन्तर्गत वडा स्तरीय खुल्ला पुरुष भलिवल प्रतियोगिता, वडा स्तरीय शिक्षक भलिवल प्रतियोगिता र जनप्रतिनिधि र कर्मचारी वीच मैत्रीपूर्ण फूटवल प्रतियोगिता हुने छ ।

त्यस्तै भोलि देखि नै १२ औँ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता पनि संचालन गरिने भएको छ । राष्ट्रपति रनिङ शिल्ड छनौट तयारी प्रतियोगितामा गाउँपालिका भित्रका ८ वटा माविका छात्र छात्राहरुवीच भलिवल,कवडी, एथलेटिक्सका ट्याक्ट एण्ड फिल्डहरुका छनौट खेल हुने भएको हो ।

खेल संचालन तथा व्यवस्थापनका लागि ५० देखि ८० प्रतिशत रकम स्थानीय तहबाट उपलब्ध हुनेछ भने २० प्रतिशत रकम दाताहरुबाट उपलब्ध हुने आयोजकले जनाएको छ । खेलकुद विकास समितिमा वडानम्वर १ बाट तारा प्रसाद माकीम, वडानम्वर २ बाट टिकाराम गरंजामगर, वडानम्वर ३ बाट अध्यक्ष समेत रहनुभएका तिल वहादुर खण्डलुक, वडानम्वर ४ बाट भेट वहादुर राना भगर र तिल वहादुर पराजुली, वडानम्वर ५ वाट उपाध्यक्ष लोक बहादुर कुवर,पूर्ण बहादुर थापा र वडानम्वर ६ बाट अशोक राना सदस्यमा रहनुभएको थियो । फाल्गुण २ देखि ७ गतेसमम संचालन हुने प्रतियोगिताको प्रमुख अतिथि समेत रहनु हुने गाउँपालिका अध्यक्ष शसिकिरण वस्ताकोटीले उद्घाटन गर्नुहुनेछ ।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष विकास खड्काको विशेष आतिथ्यता रहने बताइएको छ । प्रतियोगिताले आपसी चिनजान र आत्मियताका साथै मैत्रीपूर्ण सम्वन्ध कायम हुने र युवाहरुलाई खेलमा दक्षतासँगै अनुशासन पनि सिकाउने हुनाले प्रतियोगिता महत्वपूर्ण रहेको आयोजकको भनाइ छ ।

Share.

Leave A Reply