सञ्चार माध्यमहरु मध्ये रेडियो शसक्त माध्यम ः खेमराज सापकोटा

0


प्रेम क्षेत्री,

गैंडाकोट । नवलपरासीमा पहिलो पटक रेडियो स्थापना गर्न सफल सामाजिक अगुवा विजय एफएम १०१.६ का संस्थापक अध्यक्ष खेमराज सापकोटाले सञ्चार माध्यमहरु मध्ये रेडियो शसक्त माध्यमका रुपमा रहेको बताउनुभएको छ ।
रेडियो दिवसका अवसरमा विजय एफएमले आयोजना गरेको रेडियो र विविधता विषयक कार्यक्रममा बोल्दै उहाँले रेडियोले विविधतालाई समावेश गरेकै कारण अझै यसको भविष्य सुन्दर रहेको बताउनुभयो । राज्यको मुल धारमा नभएका वर्गलाई अगाडी ल्याउन र उनिहरुलाई सुसुचित गराउन रेडियोले भुमिका निर्वाह गरेको बताउनुभयो । आधुनिक सञ्चार प्रविधीको बढ्दो विकासमा रेडियोको क्षमताले यसको भविष्य निर्धारण गर्ने बताउँदै उहाँले यो समुदायका व्यक्तिको भरोसाको केन्द्रका रुपमा रहेको समेत बताउनुभयो ।
स्थानीय समस्या उजागर गर्न गाउँदेखी केन्द्रसम्म भएका गतिविधीको सूचना दिन सफल भएको बताउँदै सामाजिक एकता र सद्भाव कायम गर्न सफल भएकाले यसलाई ठुलो सम्पतिका रुपमा लिईएको बताउनुभयो । विकास र स्थानीय पहिचानका लागि रेडियो एक महत्वपूर्ण माध्यम भएको बताउँदै उहाँले रेडियोले पनि समुदायको आवश्यकता अनुसार आफुलाई परिस्कृत गर्दै लैजानुपर्ने बताउनुभयो । रेडियो समुदायका हरेक व्यक्तिको साथी बनिरहेको र यो निरन्तर रहने बताउनुभयो ।

सञ्चार माध्यमहरु मध्ये रेडियो शसक्त माध्यम

सन्दर्भ : विश्व रेडियो दिवस नवलपरासीमा पहिलो पटक रेडियो स्थापना गर्न सफल, सामाजिक अगुवा, विजय एफएम १०१.६ का संस्थापक अध्यक्ष खेमराज सापकोटा प्रस्तोता : प्रेम क्षेत्री

Posted by 101.6 Vijaya FM on Wednesday, 12 February 2020

स्पेनको प्रस्तावमा संयुक्त राष्ट्रसंघीय शैक्षिक, सामाजिक तथा सांस्कृतिक संगठन युनेस्कोले सन् २०११ नोभेम्बर ३ तारिखमा हरेक फेब्रुअरी १३ तारिखलाई रेडियो दिवसका रुपमा मनाउने घोषणा गरेको थियो । रेडियोलाई महत्वपूर्ण सञ्चारमाध्यमको रुपमा सम्मान गर्न, प्रसारकहरु बीचको अन्तर्राष्ट्रिय समन्वय र सहयोगमा सुधार गर्न, ठूला नेटवर्क र समुदायिक रेडियोलाई सूचनाको पहुँचलाई बढावा दिन प्रेरित गर्ने उद्देश्यले यो दिवस मनाउने गरिएको हो ।
विश्वमा व्यवसायिक रेडियो प्रशारण सुरु भएको ९९ वर्ष पुगेको छ भने नेपालमा भने रेडियो प्रशारण सुरु भएको ६८ वर्ष पुगेको छ । भोजपुरमा २००३ सालमा रेडियोको प्रशारण सुरु भए पनि औपचारिक रुपमा भने २००७ साल मंसिर २८ गतेदेखि प्रजातन्त्र रेडियोका नाममा रेडियो सञ्चालन सुरु भएको हो । २०५२ सालदेखि एफएम प्रशारण सुरु भएको हो । अहिले इजाजत प्राप्त एफएम रेडियोको संख्या ९ सय ६२ पुगेको सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले जनाएको छ ।

Share.

Leave A Reply