प्रचण्ड वावुरामलाई जनयुद्धको व्याज खाने नैतिकता छैनः गजुरेल

0

१ फागुन । आज माओवादी जनयुद्ध घोषणा भएको २४ बर्ष पुरा भएको छ । आजै जनयुद्ध दिवस पनि मनाइदैछ । देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेलले नेकपा अध्यक्ष प्रचण्ड र समाजवादी पार्टिका बाबुराम भट्टराइलाई जनयुद्धको व्याज खाने नैतिकता नरहेको बताउनुभएको छ । विजय एफएमको कार्यक्रम आजको सवालमा कुराकानी गर्दै गजुरेलले सर्वहारा वर्गका लागि उठेको हतियारको अहिले गलत फाइदा उठाएको भन्दै संसदीय व्यवस्थाले देशको विकास नहुने बताउनुभयो । उहाँले जनगणतन्त्र स्थापना गर्न प्रचण्ड वावुरामसँग कुनैपनि हालतमा एउटै यात्रा हुन नसक्ने भन्दै उहाँहरु खेतालाको रुपमा प्रयोग भएको आरोप लगाउनुभयो । विप्लव समूहले भने जनयुद्धका मुद्दालाई आत्मसमर्पण नगरेको तर अहिले अपनाएको वाटोले उद्देश्य प्राप्तीमा कठीनाई भएको बताउनुभयो । क्रान्तिकारी समुहको संगठन भएको आफूहरुले एमसीसीको खारेज र नेपालको सीमा लिम्पीयाधुरा लिपुलेकको संरक्षण गर्न अहिले आवाज उठाइरहेको बताउनुभयो ।

कुराकानी

जनयुद्ध दिवसको सान्दर्भिकता कति छ ? दिवस मनाउनुपर्ने गरी स्मरण गर्नुपर्ने के काम भयो त ? कुराकानी गर्दै देशभक्त जनगणतान्त्रिक मोर्चा नेपालका अध्यक्ष सीपी गजुरेल ।

Posted by 101.6 Vijaya FM on Wednesday, 12 February 2020

Share.

Leave A Reply