अन्तराष्ट्रिय क्रिक्रेट रंगशालालाई गैडाकोट नगरपालिकाको २ हजार क्यु फिट काठ सहयोग

0

गैडाकोट, २४ माघ । गौतमवुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाला निर्माणलाई थप सहयोग पुर्याउन चितवनको रामपुरमा जारी धनधान्यचलमा गैडाकोट नगरपालिकाले २ हजार क्यु फिट काठ उपलब्ध गराउने घोषणा गरेको छ ।

उप प्रमुख विष्णुकुमारी कडेँलको संयोजकत्वमा रहेको नगरस्तरीय सहयोग समितिले आज उक्त परिमाणको काठ उपलब्ध गराउने घोषणा गरेको हो । नगरप्रमुख छत्रराज पौडेल, उपप्रमुख विष्णु कुमारी कडेँल सहित धनधान्यचलमा पुगेर करिव १ करोड वरावरको काठ निशुल्क सहयोग गर्ने घोषणा गरिएको हो ।

रंगशालालाई आर्थिक सहयोग जुटाउन माघ १९ गतेबाट चलिरहेको धनधान्याचल महोत्सवमा अहिलेसम्म ८ करोडभन्दा बढी रकम उठेको आयोजक समितिका संयोजक सांसद विजय सुवेदीले जानकारी दिनुभयो । माघ २६ गतेसम्म चल्ने महायज्ञबाट ५० करोड उठाउने लक्ष्य आयोजकले लिएको छ ।

Share.

Leave A Reply