जलुके वक्तृत्वकलाका लागि नेराशबाट ऋजुशा छनौट, दोस्रो छनोट चरण माघ २४ मा

0

गैँडाकोट, २२ माघ । जलुके वक्तृत्वकला प्रतियोगिता २०७६ को छनोट चरणका कार्यक्रम बुधबार देखि सुरु भएको छ । प्रतियोगिताको पहिलो छनोट चरणको कार्यक्रम नेपाल राष्ट्रिय शमसेर आदर्श माध्यामिक विद्यालयमा सम्पन्न भएको छ । पहिलो छनोट चरणको कार्यक्रममा ऋजुषा भट्राई प्रथम भइ फाइनल प्रतिष्पर्धाका लागि छनोट हुनुभएको हो । ६ जना विद्यार्थीले गरेको प्रतिष्पर्धामा पुनम गुरुङ द्वितिय, दिपेश पौडेल तृतीय हुनुभएको छ । प्रतियोगितामा माधव रानाभाट, अभिषेक ढकाल र इन्द्रेणी शाह सान्त्वना हुनुभएको छ ।

जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको आयोजना, गँैडाकोट नगरपालिका वाड नं. १ को सहयोग र सामुदायिक रेडियो विजय एफएम १०१.६ को समन्वयमा भएको कार्यक्रमका कार्यक्रमका प्रमुख अतिथि वडा अध्यक्ष हरिप्रसाद सापकोटाले वालबालिकाको क्षमता विकासका लागि जलुकेको विद्यालय स्तरमा गरिएको कार्यक्रम प्रशंसनिय रहेको बताउनुभयो ।
कार्यक्रममा संस्थाका अध्यक्ष मोतिचन्द्र चालिसेले खानेपानीले सुरक्षित खानेपानीका सन्दर्भमा विद्यार्थीमा जनचेतना फैलाउन कार्यक्रम गर्नुका साथै विद्यार्थीमा अतिरिक्त प्रतिभा आवश्यक रहेको र त्यसको आधार वाक कलामा निर्भर रहने हुनाले यस प्रकृतिको कार्यक्रमको आयोजना गरिएको बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि नेराश स्कूलका प्रधानाध्यापक इन्द्रराज भट्राईले जलुकेले विद्यार्थीहरुको सर्वागिंण विकासका लागि आयोजना गरेको प्रतियोगिताले समाजमा महत्वपूर्ण सन्देश दिने बताउनुभयो । कार्यक्रममा नेराश बालक्लबका अध्यक्ष माधव रानाभाट, नेराश जुनियर रेडक्रस सर्कलका अध्यक्ष ऋजुशा भट्राईले प्रतियोगिताले खानेपानी शुद्धिकरणका बारेमा जनचेतना फैलाउने बताउनुभयो ।
कार्यक्रमको निर्णायक मण्डलमा विद्यालयका शिक्षक श्यामसुन्दर पराजुली र जुना पराजुली रहनुभएको थियो । संस्थाकी कोषाध्यक्ष पार्वती शर्मा लम्सालले स्वागत एवं कार्यक्रम मािथ प्रकाश पार्नुभएको थियो । कार्यक्रमको सहजीकरण संस्थाका सचिव विष्णुप्रसाद पंगेनीले गर्नुभएको थियो । कार्यक्रममा समन्वय संस्था सामुदायिक रेडियो विजय एफएम १०१.६ का प्रमुख श्रीधर उपाध्यायले कार्यक्रमका लागि समन्वय गर्नुभएको थियो । कार्यक्रममा संस्थाका पदाधिकारी, सदस्य, विद्यार्थी एवं शिक्षक वर्गको उपस्थिति रहेको थियो । कार्यक्रम संस्थाका अध्यक्ष मोतिचन्द्र चालिसेको अध्यक्षतामा सम्पन्न भएको थियो । जलुके वक्तृत्व कला प्रतियोगिताको अर्को छनौट कार्यक्रम माघ २४ गते गैँडाकोट ईंग्लीस स्कूलमा हुने छ । जलुके खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको कार्यक्षेत्र भित्र पर्ने १३ वटा विद्यालयमा छनौट कार्यक्रम सम्पन्न भएपछि फाइनल प्रतिष्पर्धाको आयोजना गरिने कार्यक्रम संयोजक विष्णुप्रसाद पंगेनीले बताउनुभयो ।

Share.

Leave A Reply