जव उनी स्टेजमा आइन् ………

0

डोलराज रानाभाट, १५ माघ । लहरै वसेका प्रमुख अतिथि सहित अतिथिहरु । एक पछि अर्को गर्दै शुभकामना मन्तव्य राख्नेक्रम जारी थियो । दिन ढल्कीदै थियो । साँझ पर्न घाम नारायणी पुलबाट अलि टाढै पुगिसकेको थियो ।

आज दिनपनि राम्रो भएर होला आफू अस्ताउनुपूर्वसम्म घामले हेरिहेको थियो । यसरी घामले हेरिरहेको हो आजबाट सुरु भएको तेस्रो गैडाकोट महोत्सव २०७६ लाई । घामले हेर्नु त स्वभाविक नै थियो । तर जव घाम डुव्दै थियो भने महोत्सवको स्टेजमा लहरै चार जना युवतीको आगमन भयो । आध शरिर ढाकीएको आधा ढाक्न वाँकी थियो । जव एकपछि अर्काे गर्दै स्टेज चढे अनि कानेखुसी सुरु भइहाल्यो । कोही भन्दै थिए र्याफ्टीङका पर्यटक हुन् ।

कोही भन्दै थिए होइन आयोजकले भनीरहेको वेली डान्स गर्ने रसीयन कलाकारहरु हुन् । अन्तत उनीहरु तिनै युवती हुन् जसले वेली डान्सबाट दर्शकलाई मनोरञ्जन दिनेछन् । यसैपनि आधा शरीर नढाकिएको र सवैतिर सेतै देखेपछि आकर्षित भएका दर्शक जव अतिथिहरुको मन्तव्यकै कार्यक्रममा पहिलो नृत्य गयो हिन्दी गीतमा । हरियो रंगको छिर्केमिर्केमा उनी लैला है लैलामा घुमिन अनि सवै दर्शक स्टेज दिर्घामा आएर पुरै नृत्य हेर्दै आनन्द लिएका थिए । यसरी दैनिक नृत्य प्रस्तुत गर्ने रसीयन कलाकारहरुमा रेजीदा, कसेनीया, अलिना, सुइतलाना रहेका छन् ।  आज नै थारु नृत्य पनि प्रस्तुत गरिएको थियो । लठ्ठी सहित नाचिएको नृत्यमा उनीहरु पनि झुमेका थिए । थारु पहिरनमा सजिएका ८ युवतीको कलालाई उनीहरुले मोवाइलमा कैद गरिरहेका थिए ।यी चार जनाले पालैपालाे महोत्सवको हरेक दिन मनोरञ्जन दिने सांस्कृतिक संयोजक नवराज कडेँलले जानकारी दिनुभयो ।

महोत्सवमा हिन्दी गीत र पहिरन छोटो अनि शरीर नढाकिएको भन्दै सामाजिक संजालमा भने आलोचना सुरु भएको छ । तर आयोजक संस्थाका महासविच छवि कडेँलले कलाकारहरुको देश र उनीहरुको भेष अनुसार प्रस्तुती भएको र उहाँहरुले आफ्नो कला प्रस्तुत गर्दा त्यसलाइ नराम्रो लिनुपर्ने कुनै कारण नरहेको बताउनुभयो ।

भारतको भिषा रहेका उनीहरुले त्यहाँका मेला महोत्सवमा वढि प्रस्तुती दिँदै आएका छन् । अहिले गैडाकोट महोत्सवकै लागि नेपालको ११ दिनको भिसा लगाई

आएको र उनीहरुको नृत्य शैली र कला प्रस्तुत हुने कडेँलले बताउनुभयो । अहिलेको समय पहिरन भन्दापनि उहाँहरुको कला र कौशललाई ध्यान दिन उहाँको आग्रह थियो । साथै यसले कला र संस्कृतिको आदनप्रदानलाई सहयोग पुग्ने र राम्रो कुरालाई ग्रहण गर्दै नराम्रोलाई हटाउनुपर्नेमा आफुहरु सचेत रहेको बताउनुभयो । महोत्सव प्रवेश शुल्क ५० रुपैया रहेको छ भने भोलि कलाकार चेतन सापकोटा र कला लम्सालको दमदार प्रस्तुती रहने छ ।

Share.

Leave A Reply