सरकारले सिन्को भाचेन ः डा कोइराला

0

डोलराज रानाभाट, १५ माघ । प्रतिनिधि सभा सदस्य एवम नेपाली काँग्रेसका महामन्त्री डा शसांक कोइरालाले केपी शर्मा ओली नेतृत्वको सरकारले सिन्को नभाँचेको आरोप लगाउनुभएको छ ।

सरकारले खास योजना के ल्याएको छ मलाई भनिदिनुहोस् डा कोइरालाले भन्नुभयो, दुई तिहाइको सरकार हुँदा धेरै काम भइसक्नुपर्ने थियो । आजबाट सुरु भएको तेस्रो गैडाकोट महोत्सवको उद्घाटन गर्दै वहुमतको सरकार हुँदा पनि जनताले महसुस गर्नेगरी कुनै पनि योजना नभएको भन्दै सरकारले प्रेस स्वतन्त्रता र लोकतन्त्र खतरा हुनेगरी विद्येयक हरु ल्याएको बताउनुभयो । नीजि क्षेत्रलाई प्रोत्साहन नगरेसम्म देशको समृद्धी हासिल नहुने भन्दै राज्यले बनाउने नीति नियमहरु नीजिक्षेत्रलाई लगानी गर्न प्रोत्साहन गर्ने खालको हुनुपर्ने बताउनुभयो ।

अहिलेको सरकारले नीजि क्षेत्रलाई हतोत्साहित गराउने र करको अंक मात्रै वढाउने काम गरेको भन्दै सरकार ठोस कदमका साथ अघि वढ्नुपर्ने बताउनुभयो । आफू धर्मनिरपेक्षको खिलाफमा रहेको भन्दै हिन्दुराष्ट्रको पक्षमा नभएको बताउनुभयो । धर्म स्वतन्त्र हुनुपर्ने तर धर्मनिरपक्ष राष्ट्र हुन नहुनेमा उहाँको जोड थियो । गैडाकोट महोत्सवले स्थानीय उत्पादनलाई वजारीकरणमा सहयोग पुग्ने भन्दै खास उद्देश्य लिएर महोत्सवको आयोजना गरे नतिजा हासिल गर्न सजिलो हुनेमा उहाँको जोड थियो ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालले महोत्सवले स्थानीय स्रोत र साधानको पहिचान सहित प्रयोगमा जोड दिने भन्दै नेपाली व्यवसायीहरुले आफ्ना उत्पादन विश्व वजारमा पनि पहिचान गराउन सफल भएको बताउनुभयो । सरकारले नीजिलाई तीन खम्वे अर्थनीतिमा हालेपनि महसुस हुनेगरी व्यवहार नभएको भन्दै उद्योगधन्दाको स्थापना देखि रोजगार दिलाउन आफूहरु तयार रहेको बताउनुभयो तर त्यसका लागि राज्यले वातावरण वनाइदिन उहाँको माग थियो ।

कार्यक्रममा गण्डकी प्रदेश सभासद कृष्णचन्द्र नेपाली, ओमकला गौतम, नेपाली काँग्रेसका नेता महेन्द्रध्वज जिसी, समाजसेवि कृष्ण घिमिरे, गैडाकोट नगरपालिकाका नगरप्रमुख छत्रराज पौडेल लगायतका वक्ताहरुले महोत्सवको सफलताको शुभकामना व्यक्त गरेका थिए । आयोजक संस्था उद्योग वाणिज्य संघ गैडाकोट नवलपुरका अध्यक्ष अमृत भट्टचनको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव छवि कडेँलले गर्नुभएको थियो ।

आज उद्घाटनका दिन थारु नाच, रसियन कलाकाहरुको नृत्य विशेष आकर्षण रहेको थियो । भोलि चेतन सापकोटा र कला लम्सालको विशेष सांस्कृतिक प्रस्तुती रहने सांस्कृतिक संयोजक नवराज कडेँलले जानकारी दिनुभयो । उद्घाटनपूर्व विजयचोकदेखि ३५० वढि संघसंस्थाहरुको सहभागीतामा हात्ती, वगी सहित हजारौँको संख्यामा शोभायात्रा निकालिएको थियो ।

Share.

Leave A Reply