लण्डन व्रिजको आकर्षण सहित तेस्रो गैडाकोट महोत्सव आजबाट, भव्य र्याली सहित उद्घाटन गरिदै

0

डोलराज रानाभाट, १५ माघ । नगरस्तरीयबाट जिल्ला संघको मान्यता प्राप्त पछि उद्योग वाणिज्य संघ गैडाकोट नवलपुरले आयोजना गरेको तेस्रो गैडाकोट महोत्सव २०७६ आजबाट सुरु हुदैछ । जिल्लालाई र स्वयम संघलाई पनि देशभर चिनाउन यस पटक विशेष आकर्षणहरु थपिएका छन् । विशेषत स्थानीय उत्पादनलाई जोड दिइएको महोत्सवमा ३० स्टल निशुल्क उपलब्ध गराइएको छ । महोत्स्वका अन्य मुख्य आकर्षणहरुमा लण्डन व्रिजको कृत्रिम आकृति सहितको प्रवेशद्धारा र सेल्फी जोनमा युएइको व्रुज खालिफा रहेका छन् । महोत्सवका यसै क्षेत्रका प्रतिनिधि सभा सदस्य एवम् नेपाली काँग्रेसका महामन्त्री डा शसांक कोइरालाले उद्घाटन गर्नुहुने आयोजक उद्योग वाणिज्य संघ गैडाकोटका अध्यक्ष एवम् महोत्सवका मुल आयोज समितिका संयोजक अमृत भट्टचनले जानकारी दिनुभयो ।

गैँडाकोट नगरपालिकाको नारायणी नदी किनारमा माघ २६ गतेसम्म सञ्चालन हुने महोत्सवमा ३५० वटा स्टल रहनेछन् । नेपाल भ्रमण वर्ष २०२० का सन्दर्भमा नवलपुरमा आन्तरिक पर्यटक वृद्धि गर्नका लागि समेत तेस्रो गैंडाकोट महोत्सवले पनि थप ऊर्जा थप्ने भट्टचनले बताउनुभयो । कृषि, पर्यटनमा जोड दिँदै यस पटकको प्रमुख आकर्षकको रुपमा महोत्सवको प्रवेश द्वार निर्माण गरिएको उहाँको भनाइ छ ।

सिँगारिएको महोत्सव स्टलहरु

महोत्सवका सचिवालय प्रमुख एवम् जिल्ला उद्योग वाणिज्य संघ नवलपुरका महासचिव छवि कँडेलले महोत्सव सम्पन्न गर्न डेढ करोेड रुपैयाँभन्दा बढी खर्च हुने बतादै स्थानीय उत्पादनलाई ३० वटा स्टल निःशुल्क प्रदान गरिने समेत जानकारी दिनुभयो । राष्ट्रिय तथा अन्तर्रा्ष्ट्रिय कलाकारहरुको मनोरञ्जनात्मक प्रस्तुति हुने जनाउँदै रसियन कलाकारहरुबाट दैनिक बेली डान्स लगायतका कार्यक्रम हुने र नृत्य प्रतियोगिताको आयोजना समेत गरिएको छ । महोत्सवमा गैडाकोटभित्र रहेका जनजातीहरुले आआफ्नो पहिचान झल्कने खरको खरहरु निर्माण गरी चिटिक्क पारेका छन् ।

यसपटक महोत्सवमा बुर्ज अल अरब दुबई सेल्फी जोन र लण्डन ब्रिज आकारको कलात्मक प्रवेशद्वार हुने उहाँले जानकारी दिनुभयो । महोत्सवमा ५० रुपैयाँको टिकटको व्यवस्था गरिएको उनको भनाइ छ ।

विहानबाट भव्य र्याली
आज विहान ठूलो र्याली सहित महोत्सव उद्घाटन हुँदैछ । पन्चेबाजा, हात्ती, बगी, भरतपुरबाट आउने प्रहरीको व्याण्डवाजा सहित एकै प्रकृतिको व्यानर प्रदर्शन गर्दै ठूलो र्याली हुनेछ ।

महोत्सव अवधिभर नारायणी पुलको उत्तरपूर्व क्षेत्रमा शव जलाउन निषेध

 

गैँडाकोट महोत्सवमा कृषि प्रतियोगिता हुने

गैँडाकोट झल्कने स्मारिकाको तयारी

गैडाकोट महोत्सवका सवै स्टल वाँसबाट निर्माण, स्थानीय उत्पादनलाई जोड

Share.

Leave A Reply