गैंडाकोट ७ मा गणेश मन्दिरको उद्घाटन

0

प्रेम क्षेत्री
माघ १४, गैंडाकोट । श्रीहरिहरमन्दिर परमानन्द–सन्न्यास–आश्रम गैंडाकोट ७ मा निर्माणाधिन गणेश मन्दिरको उद्घाटन तथा गणेशको मुर्तिमा प्राण प्रतिष्ठा गरिएको छ । आश्रमका प्रमुख संरक्षक एवम् हरिहर सन्न्यास आश्रम देवघाटका पिठाधिस १००८ स्वामी ज्ञानानन्द सरस्वती महाराजले मन्दिरको उद्घाटनसँगै मुर्ती अनावरण गर्नुभएको हो । उहाँले धर्मले सबैलाई सत्मार्गमा डो¥याउने भएका हुँदा हिन्दु धर्मको संरक्षणमा सबै लाग्नुपर्ने बताउनुभयो । आश्रमको विकासमा स्थानीय बासिन्दाले देखाएको सक्रियता महत्वपूर्ण रहेको उहाँको भनाई छ ।


गैंडाकोट ५ निवासी केदार सापकोटाले निर्माण गर्नुभएको सो मन्दिर र मुर्तिमा मंगलचौंथीका अवसरमा प्राण प्रतिष्ठा गरि मन्दिर व्यवस्थापन समितिलाई हस्तान्तरण समेत गरिएको छ । करिब ६ लाखको लागतमा निर्माण गरिएको मन्दिर आश्रमलाई हस्तान्तरण गर्नुभएको हो । सापकोटाले स्थानीयलाई सहजताका लागि मन्दिर स्थापना गरिएको बताउनुभयो ।


श्रीहरिहरमन्दिर परमानन्द–सन्न्यास–आश्रमलाई धार्मिक पर्यटकिय स्थलका रुपमा विकास गर्ने गरि काम भईरहेको आश्रमका अध्यक्ष होमनाथ सापकोटाले बताउनुभयो । मन्दिरमा दैनिक पुजापाठ सँगै रमणिय पार्कका रुपमा विकास गर्न लागिएको उहाँको भनाई छ । त्यसका लागि नेपाल सरकार, गैंडाकोट नगरपालिका, वडा स्तर र स्थानीयबाट पनि सहयोग प्राप्त भएको सापकोटाले बताउनुभयो । मन्दिरको विकासका लागि गतवर्ष संसद कोषबाट ५ लाख प्राप्त भएको थियो । वडाबाट यसवर्ष साढे २ लाख रुपैयाँ पार्क निर्माणका लागि बजेट विनियोजन भएको र कामको थालनी गर्ने तयारी भईरहेको उहाँको भनाई छ ।


गत ११ गतेदेखी मन्दिरमा पञ्च दिवसिय गणेश पुराण समेत चलिरहेको छ । पण्डित बुद्धिसागर भण्डारीले कथा वाचन गर्नुभएको छ भने पण्डित रविन चापागाई र टिकाराम सापकोटाले दैनिक पुजापाठ गराउँदै आउनुभएको छ ।

Share.

Leave A Reply