विवाद मिलाउन काँग्रेस बैठक आज, भागवण्डा मिलाउने प्रयास

0

१३ माघ । नेपाली काँग्रेसमा असन्तुष्ट रहदै आएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष लगायतलाई सहमतिमा ल्याउन आज बैस्दै छ । यस अघि पार्टी सभापति शेरवहादुर देउवाँसग भएको छलफलमा महाधिवेशन कार्यतालिका त्यही रहने तर अन्य विभाग र नेविसंघमा भागवण्डा मिलाउने गरी सहमति भएको थियो । आज तिनै सहमति बैठकमा पेश गरी छलफल हुने बताइएको छ । पार्टीको १४औँ महाधिवेशनको मिति तय गर्ने, विभाग गठन गर्ने, विधान निलम्बन गर्ने, भ्रातृ सङ्गठनको अवधि थप र नेतृत्व चयनका विषयमा संस्थापन पक्षसँग मतभिन्नता बढेपछि मङ्सिर २६ गतेको कार्यसमिति बैठक पौडेलले बहिष्कार गर्दै आउनुभएको थियो ।

शुक्रबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बैठक वसेपछि सहमतिलाई बैठकमा पेश गर्न महामन्त्रीद्वय डा। शशांक कोइराला, पूर्णबहादुर खड्का, केन्द्रीय सदस्यद्वय डा। मीनेन्द्र रिजाल र रमेश लेखक दुई दिनयता व्यस्त रहनुभएको छ ।

Share.

Leave A Reply