हुप्सेकोटको दुर्घटनाः कसले के भने हेर्नुहोस् विज्ञप्ती

0

डोलराज रानाभाट, १२ माघ । पूर्वी नवलपरासीको हुप्सेकोट गाउँपालिकाको गाडीले ठक्कर दिएर एक वालकको मृत्यु भएपछि अहिले आआफ्ना पक्षबाट विज्ञप्ती निकालेर घटनाका बारेमा प्रष्ट पार्ने काम गरिएको छ । प्रहरीले जाहेरी दर्ता गरी अनुसन्धान अघि बढाएपछि पीडित समूहले ६ वटा वडामा लगाएको ताला भने खोलेका छन् । दुर्घटनाका विषयलाई लिएर आक्रोशित स्थानीयले ताला लगाएका थिए । गाउँपालिकामा लागेको ताला भने अझै खुलेको छैन ।

हुप्सेकोट गाउँपालिकाकाका प्रशासन शाखा अधिकृत शिव सुवेदीले गाउँपालिकाको सरकारी गाडी सिक्ने क्रममा ग १ ज ३८९ नम्बरकोे गाडीले ठक्कर दिंदा बुंदीकालीको कुवाकोट घर भई हाल हुप्सेकोट गाउँपालिकाको भूपू शैनिक इंग्लिस बोडिङ स्कूलमा अध्ययन गर्ने हाल हुप्सेकोट गाउँपालिकाको नयाँ बजारमा बस्दै आएका ५ बर्षीय बालक दीपु गाहाको मृत्यु भएको थियो । यसैयिवच नेपाली काँग्रेस हुप्सेकोट गाउँपालिकाले गाउँपालिका अध्यक्षमाथी भएको दुव्र्यबहार र हातापातको प्रयास प्रति गम्भिर आपत्ती प्रकट गरेको छ । हुप्सेकोट काँग्रेसले विज्ञप्ती जारी गर्दै घटनाका दोषीमाथी कारवाहीको माग समेत गरेको छ । बिज्ञप्तिमा भनिएको छ , उपाध्यक्षलाई गाउँपालिकाको जिम्मा दिएर अध्यक्ष काठमाडौ गएको बेला भएको उक्त दुर्घटनाको जिम्मेवारी उपाध्यक्षले लिनुपर्दछ । घटनालाई अनावश्यक रुपमा राजनितिकरण गरिएको भन्दै हुप्सेकोट काँग्रेसले चिन्ता व्यक्त गरेको छ । दुखद् घटना भयो , यसलाई गाउँपालिकाको बैठक बसेर मिलाउने प्रयास हुँदा हुँदै अध्यक्ष माथीनै हातपात गर्न खोज्नु अराजकता हो । बिज्ञप्तिमा उल्लेख छ । काग्रेसले मृतक बालकको परिवारलाई उचित क्षतीपुर्ती र घाईतेहरुको उपचार खर्च दिन माग गर्दै मृतक वालप्रति श्रद्धान्जली व्यक्त गरिएको छ । यता गाउँपालिकाका उपाध्यक्ष स्वतन्त्र कोपीला मल्लले पनि एक विज्ञप्ती जारी गरेर अध्यक्षले आफू काठमाण्डौ जाँदैछु भन्ने खवर समेत नदिएको र कार्यवाहक जिम्मेवारीको कुनै लिखित प्रमाण पनि नदिएको बताउनुभएको छ । यद्यपी घटनाको नैतिक जिम्मेवारी लिने बताउँदै दोषीलाई कारवाहीको माग गर्नुभएको छ । आफूलाई सवारी चालक देव वहादुर रानाले नै ३.५० बजे दिउँसो घरमा छोडिदिएको तर साँढे ४ बजेतिर दुर्घटनाको खवर थाहा पाएको बताउँदै दोषीलाई कडा कारवाहीको माग गर्नुभयो ।

Share.

Leave A Reply