सभामुखमा अग्नि सापकोटा निर्विरोध निर्वाचित, संसदमा तटस्थ भूमिका खेल्ने प्रतिवद्धता

0

गैडाकोट, १२ माघ । प्रतिनिधिसभाको सभामुखमा अग्निप्रसाद सापकोटा निर्विरोध निर्वाचित हुनुभएको छ । संसद बैठकले सापकोटालाई आज निर्विरोध निर्वा्चित गरेको हो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार सापकोटालाई सभामुखमा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले प्रस्ताव गर्नुभएको थियो भने नेम्वाङको प्रस्तावलाइ नेकपा संसदीय दलका प्रमुख सचेतक देव गुरुङ, पूर्व सभामुख ओनसरी घर्ती र राष्ट्रिय जनता पार्टी (राजपा)का सांसद लक्ष्मण लाल कर्णले समर्थन गर्नुभएको थियो । निर्वाचित पश्चात सापकोटाले संसदको गरिमा कायम राख्नका लागि तटस्थ, निष्पक्ष, सन्तुलित भूमिका निर्वाह गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । सभामुख निर्वा्चित भएपछि पत्रकारसँग संक्षिप्त प्रतिक्रिया दिँदै सापकोटाले लोकतन्त्रको मूल्य मान्यता कायम राख्न आफू इमान्दार भएर लाग्ने बताउनुभएको हो ।

Share.

Leave A Reply