आज सभामुख निर्वाचन, उम्मेदवारी सापकोटाको मात्रै

0

१२ माघ । प्रतिनिधि सभामा सभामुख चयनका लागि आज निर्वाचन हुँदैछ । आज अपराह्न ३ बजे प्रतिनिधि सभा बैठक डाकिएको छ । सभामुखमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का तर्फबाट स्थायी समिति सदस्य अग्निप्रसाद सापकोटाको मात्रै उम्मेदवारी रहेको छ ।

सापकोटाको मात्र एकल मनोनयन परेकाले प्रतिनिधि सभा नियमावलीको व्यवस्था अनुसार उहाँ निर्विरोध हुनुहुनेछ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका सांसद लक्ष्मणलाल कर्णले पनि सापकोटाको उम्मेदवारीमा समर्थन गरिरहदा प्रमुख विपक्षी दल नेपाली काँग्रेस र अर्को विपक्षी दल समाजवादी पार्टीले उम्मेदवारी दिएनन् ।

प्रतिनिधि सभा नियमावलीको नियम ७ को व्यवस्था अनुसार प्रस्तावक र समर्थकले धारणा राखेपछि सभाध्यक्षबाट सापकोटालाई निर्विरोध सभामुख चयन भएको घोषण हुनेछ ।

नियमावली अनुसार एकल मनोनयन परेमा निर्विरोध हुने व्यवस्था छ । तर वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सापकोटालाई सभामुख चयन नगर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गर्नुभएको छ । सर्वोच्च अदालतले पनि आज नै हाजिर हुन भनेको छ ।

Share.

Leave A Reply