श्रीवैष्णव महिला परिषद् नवलपुरको नयाँ कार्य समिति

0


गैँडाकोट, ११ माघ । श्रीवैष्णव महिला परिषद् नेपाल, जिल्ला शाखा नवलपुरको अध्यक्षमा यशोदा सापकोटा निर्विरोध चयन हुनुभएको छ । गैँडाकोट १ को लक्ष्मीहरि परवासुदेव मन्दिरमा भएको साधारण सभा तथा अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।

जिल्ला शाखाको उपाध्यक्षमा सुधा तिमिल्सिना, सचिवमा गीता ज्ञवाली, कोषाध्यक्षमा अम्बिका लम्साल पौडेल, सहसचिव जमुना कंडेल रहनुभएको छ । यसैगरी सदस्यहरुमा सरस्वती सापकोटा, देवी नेपाल, मञ्जु निरौला, मनकुमारी चालिसे, सीता न्यौपाने, माधवी गुरागाईं रहनुभएको छ ।

श्रीवैष्णव परिषद्का केन्द्रीय महासचिव सुदर्शन नेपाल, विशिष्ट अतिथि श्रीवैष्णव युवा परिषद्का केन्द्रीय अध्यक्ष स्वामी ऋषिप्रपन्नाचार्य, लक्ष्मीनारायण मन्दिर त्रिवेणीधामका मठाधिश स्वामी चक्रपाणि स्वामि महाराजका समुपस्थितिमा नयाँ कार्यसमितिले सपथग्रहण समेत शनिबार नै लिएको छ ।

Share.

Leave A Reply