वैष्णव परिषद नवलपुरद्धारा गैडाकोट ८ का १०७ वर्षीय सापकोटा अभिनन्दीत, नयाँ कार्यसमिति पनि चयन

0

डोलराज रानाभाट, ११ माघ । वैष्णव परिषद नेपाल जिल्ला शाखा नवलपुरले गैडाकोट ८ निवासी एक सय सात वर्षिय भूमीशवर सापकोटालाई आज अभिनन्दन तथा सम्मान गरेको छ । शतायु पुरुष सापकोटाले समाजमा गरेको उल्लेखनीय कार्यका साथै राजनीतिबाट समाज रुपान्तरणमा गरेको योगदान र सिंगो समाज र राष्ट्रका एक सच्चा सपूत तथा आदर्श ज्येष्ठ नागरिक भएकाले सम्मान गरेको आयोजकले जानकारी दिएको छ ।

अभिनन्दन पत्र सहित दोसल्लाह ओढाएर गरिएको सम्मान पछि छोरा तिलक सापकोटाले वुवाको योगदानलाई कदर गरेर वैष्णव परिषदले गरेको सम्मानप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै समाजमा चरित्रहिन प्रवृत्ति वढ्दै जाँद वैष्णवले नैतिकता र आचारण सिकाउदै समाजलाई सत्मार्गमा डोर्याएको बताउनुभयो । वुवाप्रतिको सम्मानले ज्येष्ठ नागरिकको सम्मान र उहाँहरुको योगदानलाई भुल्न हुन्न भन्ने सन्देश दिएको छोरा तिलक सापकोटाको भनाई थियो ।

आज पाश्चात्य र पूर्वीय दर्शन दुवैलाई समानुपातिक तरिकाले अघि बढाउनुपर्ने र भौतिकवाद र आध्यात्मीक दुवैको संयोजन गर्न सके समाज विकासमा वाधा नपुग्ने उहाँको भनाई थियो । अहिले धर्मलाई पेशा र व्यवसाय वनाएको भन्दै यस्तो विकृती रोक्नुपर्ने र सत्कर्म र मार्गको विकास गर्दै धर्मले दिने राम्रो सन्देश समाजमा फैलाउन आवश्यक रहेकोमा जोड दिनुभयो । वुवालाइ यो उमेरसम्म पनि राम्रोसँग स्यहार सुसार गरी खुशी राख्न सफल भएको भन्दै छोरा वुहारीलाई पनि सम्मान गरिएको थियो ।

परिषदका नवलपुर अध्यक्ष टिकाराम कडेँल (माधव) को अध्यक्षतामा सम्पन्न कार्यक्रमको प्रमु्ख अतिथि केन्द्रीय महासचिव सुदर्शन नेपाल, विशिष्ट अतिथिमा युवा परिषद नेपालका अध्यक्ष ऋषि प्रपन्नाचार्य, केन्द्रीय सदस्य टिकाराम कडेँल, महिला परिषदका केन्द्रीय सदस्य यशोदा सापकोटा,त्रिवेणीधामका चक्रपाणी आचार्य लगायत रहनुभएको थियो ।

नयाँ वनेको समितिको अध्यक्षमा लक्ष्मण आचार्य, उपाध्यक्षमा खगेन्द्र पाठक, सचिवमा केशव पराजुली, कोषाध्यक्षमा शसिधर न्यौपाने, सहसचिवमा उमाकान्त खरेल, सदस्यहरुमा श्रीधर उपाधयाय, दयानीधि सापकोटा, अनन्त कडेँल, दुर्गा ढकाल, कृष्ण आचार्य र राजेन्द्र काफ्ले रहनुभएको छ। उहांहरुको कार्यकाल तनि वर्षको हुनेछ । साथै कार्यक्रममा ८४ वर्ष नाघ्नुभएका ६ जनालाई पनि दोसल्लाह सहित सम्मान पत्रले सम्मान गरिएको वद्रि शर्माले जानकारी दिनुभयो ।

Share.

Leave A Reply