नवलपुरमा मेलमिलापका मुद्दा टुंग्याउदा पैसा मागे, उजुरी गर्न न्यायधीशको आग्रह

0

डोलराज रानाभाट, १० माघ । नवलपुरका स्थानीय तहमा रहेका मेलमिलापकर्ताले मुद्दा मिलाइदिन्छु भनी रकम माग गर्न थालेको गुनासो आएको छ । मेलमिलापकर्ता भएरपनि अदालत जाँदा धेरै खर्च लाग्ने र आफूले मुद्दा मिलाइदिने भन्दै रकम माग गर्न थालेका हुन् । तर न्यायधीशहरुले भने त्यसरी पैसा मागे उजुरी गर्न आग्रह गर्दै मुद्दा मिलेर खुशी भए कसैले रकम दिएमा अधिकतम १० हजार सम्म मात्रै लिन पाउने कानुनी प्रावधान रहेको र जवरजस्त माग गरे उजुरी गर्न आग्रह गरिएको छ ।

मेलमिलाप परिषदले आज कावासोतीमा आयोजना गरेको मेलमिलापकर्ताहरुका लागि अभिमुखिकरण कार्यक्रममा बोल्ने वक्ताहरुले स्थानीय सरकार संचालन ऐनले न्यायिक समिति गठन गर्ने अधिकार दिएर मेलमिलापबाट मुद्दाहरु टुग्याउने अधिकारी दिएपनि केहि शीर्षका मुद्दामा अन्यौलता रहेको बताएका थिए । जिल्लाका स्थानीय तहमा रहेका न्यायिक समितिका संयोजक सहित मेलमिलापकर्ता, अधिवक्ता न्यायधिशहरुको उपस्थिती रहेको कार्यक्रममा बोल्दै वक्ताहरुले कानुन पढेका व्यक्तिको अभावले मेलमिलापबाट न्याय दिने कार्यलाई अझै प्रभावकारी वनाउन नसकेको बताएका थिए ।

कार्यक्रममा सम्वोधन गर्दै प्रमुख अतिथि मेलमिलाप परिषदका अध्यक्ष एवम् सर्वोच्च अदालतका न्यायधीश ईश्वर प्रसाद खतीवडाले ऐन र नियमले जे भनेको छ त्यसैभित्र रहेर काम गर्न आग्रह गर्दै सीमा नाघेर कुनै निर्णय नगर्न सुझाव दिनुभएको छ । कानुनको सवैले पालना गर्नुपर्ने भन्दै स्थानीय सरकार आफैमा अधिकार प्राप्त सरकारका भएका कारण आवश्यक ऐन नियम कानुन र विभिन्न प्रशिक्षणका कार्यक्रम संचालन गर्न आग्रह गर्नुभयो । मेलमिलाप परिषदले कानुनी जटिलतालाई समाधान गर्ने भन्दै आवश्यक परे सम्पर्क गर्न पनि सुझाव दिनुभयो । तर स्रोत र साधानको कमी देखाउँदै गुनासो गर्नु त्यति व्यवहारिक नहुने उहाँको भनाई थियो ।

मेलमिलापकर्ताहरुको गुनासोलाई सम्वोधन गर्न अहिले मेलमिलाप ऐन २०६८ संशोधनको क्रममा रहेको जानकारी दिनुभयो । जिल्ला न्यायधीश अर्जुन अधिकारीले नवलपुरमा चालु आर्थिक वर्षको पौष मसान्त सम्म १७७ वटा मेलमिलापका लागि पठाइएको मुद्दामा ३२ वटा सफल भएको र ३७ चालु अवस्थामै रहेको र १०९ वटा असफल भएको जानकारीदिदै कानुनी जटिलता समाधानमा जिल्ला अदालत तयार रहेको तर क्षेत्राधिकार नमिचेर काम गर्न आग्रह गर्नुभयो ।

अव न्यायिक समितिले फैसला गरेका मुद्दाहरुको छिट्टै अनुगमन गर्ने उहाँको भनाई छ । शान्ति, सभ्य र समुन्नत समाजको निर्माण गर्ने सवैको लक्ष्य भएकाले सवैले कानुनको पालना गर्न आग्रह गर्नुभयो । कार्यक्रममा नेपाल वार एशोसियसन नवलपुरका अध्यक्ष गणेश सापकोटाले कुनै स्थानीय तहलाई कानुन परामर्श आवश्यक परे आफूहरुले सेवा दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । खासमा के हो त मेलमिलाप परिषद थप जानकारी दिनुहुँदै सर्वोच्का न्यायधीश एवम सोही परिषदका अध्यक्ष ईश्वर प्रसाद खतिवडा ।

Share.

Leave A Reply