गैँडाकोट १४ मा रहेका नमुना आमा समुहको आफ्नै भवन बन्दैँ

0

पबित्रा पराजुली गैंडाकोट, माघ १० । गैँडाकोट नगरपालीका वडा नम्बर १४ भेलान्टाडीमा रहेको नमुना आमा समुहले शुक्रबार एक कोठे भवन शिलन्यास गरेको छ ।
भवनको शिलन्यास गदैँ गैडाकोट १४ की वडा अध्यक्ष कोकीसरा राना मगरले महिला समुहले समाजका विकासमा टेवा पु¥याएको बताउदैं आगामी दिनमा अझै सक्रिय भएर सामाजिक काम गर्न आग्रह गर्नुभयो । सामाजिक कार्य, महिलाका लागि गरिने बिभिन्न कार्यक्रममा वडाले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भवन निमर्णका लागी करीब ५ लाख लागत लाग्ने अनुमान गरिएको नमुना आमा समुहकी अध्यक्ष बिष्णुमाया पराजुलीले बताउनुभएको छ । भवन निमार्णका लागी २ लख बजेट वडाले विनियोजन गरेको छ । भैली खेलेर अन्य सामाजिक र धार्मीक कार्यमा सक्रिय भएर आवश्यक अन्य बजेट जुटाउने तयारी रहेको बताईएको छ ।


आजसम्म केही कार्यक्रम गनुपरेमा वा मिटीङ बस्नु परेमा कुनै व्यक्तिको घर वा चौतारी बस्दै आएको यस समुह भवन निमार्ण सगैँ आफनै भवनबाट सबै काम गर्न सकिने बताउदै अध्यक्ष पराजुलीले समुहको काम सरल र सहज हुने बिश्वास व्यक्त गनुृभयो । कार्यक्रममा संस्थाका सल्लाकार चिन्तामणी पौडेल , रामप्रसाद पौडेल , यामलाल कंडेल लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो । नमुना आमा समुहकी सचिव सरस्वती ठकुरीले संचालन गनुभएको कार्यक्रममा विभिन्न संस्थाका व्यक्ति र स्थानीयको उपस्तिथी रहेको थियो ।

Share.

Leave A Reply