पितौजीमा ट्रकको ठक्करबाट १ जना पैदलयात्रीको मृत्यु

0

हिमा अर्याल, १० माघ ।


गैडाकोट १० पितौजीमा ट्रकको ठक्करबाट आज विहान १ जना पैदलयात्रिको मृत्यु भएको छ । पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको ना २ ख ९२६४ नंम्बरको ट्रकले पछाडिबाट ठक्कर दिदा एकजना पुरुषको मृत्यु भएको हो । उनको उपचारको क्रममा भरतपुर अस्पतालमा विहान पौने ६ बजे मृत्यु भएको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रहरी निरिक्षक चन्द्रबाहादुर थापाले जानकारी दिनु भयो । मृतक मानसिक रोगि भएको अनुमान गरिएको छ भने उनको अझै सनाखत हुन सकेको छैन । ट्रकले आज विहान साँढे ४ बजेतिर ठक्कर दिएको थियो । ट्रक चालक मकवानपुर जिल्ला हेटौडा उपमाहानगर पालिका १२ का वर्ष २६ अश्त घलानलाई नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको थापाले जानकारी दिनु भएको छ ।

Share.

Leave A Reply