सुरु भयो नवलपुर महोत्सव

0

९ माघ । नवलपुर उद्योग वाणिज्य संघले आयोजना गरेको छैठौं नवलपुर महोत्सव आजबाट कावासोतीमा सुरु भएको छ । महोत्स्वको उद्घाटन गर्दे सार्क उद्योग वाणिज्य महासंघका उपाध्यक्ष एवम् नेपाल उद्योग वाणिज्य महासंघका पुर्व अध्यक्ष चण्डीप्रसाद ढकालले देशमा उद्योगी व्यवसायीमैत्री वातावरण बनाउन सरकारसंग आग्रह गर्नुभयो । त्यसअघि जिल्ला सदरमुकाम कावासोतीको फलफुलचोक बाट शोभायात्रा निकालिएको थियो । उद्योग वाणिज्य संघ नवलपुरका अध्यक्ष डासुराज पोख्रेलको अध्यक्षतामा भएको सो कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पुष्प पाण्डेले सहभागीहरलाई स्वागत गर्नुभएको थियो । संघका महासचिव बैकुण्ठप्रसाद पराजुलीले संचालन गरेको सो कार्यक्रममा बिभिन्न ससकृतिका झाँकीहरु समेत प्रर्दशन गरिएको थियो । महोत्सबमा तीन लाख दर्शकले अवलोकन गर्ने र अनुमानित ५ करोड कारोबार हुने लक्ष राखिएका छ ।

Share.

Leave A Reply