पदमार्गको दूरी मापन, मणीमुकुन्दसेन पुग्न १६. ८ किलोमिटर

0

सरु चापागाईं, माघ ९ बिहिवार । गैडाकोटमा रहेको मौलाकालीका मन्दिर देखि मुकुन्दसेन दरवारको पैदलमार्गको दुरि १६.८ किलोमिटर रहेको छ । सरोकारवाला सहितको टोलिले दरबारको भग्नावशेष परिसरसम्म दुरी मापन गरेको हो । ऐतिहासिक पर्यटकीय स्थल भएपनि पूर्वाधार विकासले तिव्रता नपाउदा चर्चामा आउन नसकेको सो क्षेत्रमा पैदलमार्गका लागि ख्याती कमाउन सक्ने ठुलो सम्भावना छ । बिहीबार गैंडाकोटका सामुदायिक वनको आयोजना मा गैंडाकोट १८ आहाले देखी मौलाकलीका मन्दिर सम्म को पैदलमार्गको दुरि नाप्दा १६.८ किलोमिटर पाइएको हो । गैंडाकोटको राम्रो पर्यटकिय सम्भावना बोकेको मणि मुकुन्दसेन्को दरबार संरक्षण र बिकास गर्ने उदेश्यले मौलाकाली मन्दिर देखि मणि मुकुन्दसेन दरबार सम्म कच्ची पैदल मार्ग खन्ने काम ५० प्रतिशत सम्पन्न भएको छ । आगामी दिनमा पनि सबैको साथ र सहयोग पाए पर्यटकीय पैदलमार्ग को बिकास र बिस्तार गर्ने र जसका कारण गैंडाकोटको पर्या पर्यटनमा वृद्धि हुने मौलाकाली मुकुन्दसेन दरवार भग्नाबशेस परिसर पर्यटकिय पैदलमार्गका अध्यक्ष काशिनाथ कंडेलले बताउनुभयो ।
बिहिवार पर्यटकिय पैदलमार्ग नाप्ने क्रममा, मुकुन्दसेन सामुदायिक वन उपाध्यक्ष बेदप्रसाद कंडेल , नारायणी सामुदायिक वनका अध्यक्ष दिनानाथ त्रिपाठी, उपाध्यक्ष बेदप्रसाद चालिसे, जयश्री सामुदायिक वनका प्रतिनिधि लगायातको उपस्थित रहेको थियो । मौलाकाली वनकी सचीव गोमा चलिसे, सदस्य धना पौडेल , वन हेरालु हर्ष बाहादुर कुमाल, जयश्री वनका वन हेरालु तिर्थ पौडेल , भेडाबारी वनका वन हेरालु गोपि नेपाली , लगायतले पौराणीक र धार्मिक महत्व बोकेको स्थानको संरक्षण र प्रबद्र्धन गर्न पनि पैदल मार्गको बिकासले महत्वपूर्ण भुमिका खेल्ने बताएका छन ।

Share.

Leave A Reply