चितवनमा हालसम्मकै ठूलो क्रिक्रेट प्रतियोगिता गरिने, विजेतालाई २ लाख

0

९ माघ । नारायणी एडभर्टटाइजिङ एण्ड इभेन्ट प्रालि चितवनले चितवन प्रिमियर लिग ९सीपीएल० टि ट्वान्टी प्रतियोगिता गर्ने भएको छ । यही माघ १७ गतेदेखि २५ गतेसम्म चितवनको नारायणगढ स्थित क्याम्पाचौरमा हुने प्रतियोगितामा जिल्लाका पाँच वटा टिमले सहभागीता जनाउने आज पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । जसमा भरतपुर गोर्खाज, माडी टाइगर्स, इच्छाकामना वारियर्स, सौराहा स्याण्ड्स र राप्ती र्यापिड्स रहेका छन् ।

दुईवटा खेल भने निर्माणाधीन गौतमवुद्ध अन्तराष्ट्रिय क्रिक्रेट रंगशाालामा हुने आयोजक संस्थाका म्यानेजिङ डाइरेक्टर राजु चौधरीले जानकारी दिनुभयो । क्रिक्रेटको उर्वरभूमि चितवनमा यस खेलको पर्याप्त विकास र खेलाडी उत्पादनले तिव्रदा नपाउदा सीपीएलले ठूलो भूमिका खेल्नेमा आफूहरु विश्वस्त रहेको चौधरीको भनाई छ । करिब ३० लाखको खर्चमा आयोजना गरिने प्रतियोगताको एक टिममा १४ जना खेलाडी हुनुपर्ने र ती मध्ये तीन जना स्थानीय खेलाडी र अण्डर १९ का दुई जना राष्ट्रिय खेलाडी अनिवार्य समावेश गर्नुपर्ने छ । हालसम्म सवै टिममा ९र९ जना खेलाडीहरु छनौट भइसकेको र अन्य खेलाडीहरुको छनौट प्रकृया भइरहेको छ ।

चितवन क्रिक्रेट एकेडेमीबाट उत्पादित राजु खड्काद्धारा प्रशिक्षित खेलाडीहरु प्रतियोगितामा धेरै हुने चौधरीले बताउनुभयो । प्रतियोगिताको विजेताले २ लाख र उपविजेताले एक लाख रुपैया सहित ट्रफि र मेडल प्राप्त गर्नेछन् । यो सँगै विभिन्न विधाबाट पनि खेलाडीलाई पुरस्कृत गरिने र उत्कृष्ट प्रदर्श गर्ने तीन खेलाडीलाई एभरेष्ट प्रीमियर लिग इपीएलको टिम चितवन टाइगर्सबाट खेल्न अवसर दिइनेछ ।

चितवन क्रिक्रेट संघको सहकार्यमा आयोजना गरिएको लिगको टाइटल स्पोन्सर चितवन मेडिकल कलेज भरतपुर र स्पोन्सरहरुमा टेस्ला एयर कण्डिसन, एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिसेस प्रालि र कोस्पोन्सरमा सेन्ट्रल कलेज अफ भोकेशनल ट्रेनिङ सेन्टर रहेका छन् । कार्यक्रमको खेलकुद पत्रकार मंञ्च चितवनका सदस्य शुसिल पन्तले सहजीकरण गर्नुभएको थियो ।

Share.

Leave A Reply