गैँडाकोट झल्कने स्मारिकाको तयारी

0

विजय एफएम, गैँडाकोट । गत वर्षका महोत्सवमा झैँ यस वर्ष पनि गैँडाकोट महोत्सवले स्मारिका प्रकाशन गर्ने भएको छ । समग्र गैँडाकोटको चिनारी झल्कने गरी स्मारिका प्रकाशनको तयारी तीव्र बनेको स्मारिका प्रकाशन उपसमितिका संयोजक शंकर आचार्यले जानकारी दिनुभयो ।

स्मारिका प्रकाशनका लागि लेखरचना र अनुषन्धान मूलक आलेखहरुको संकलन कार्य जारी रहेको उपसमिति संयोजक आचार्यले विजय एफएमलाई जानकारी दिनुभयो । गँैडाकोट महोत्सव यहि माघ १५ गतेबाट २६ गतेसम्म गैँडाकोट २ को नारायणी किनारमा आयोजना गरिएको छ ।

 

समग्र महोत्सवमो तयारी तिव्र रहेको उद्योग वाणिज्य संघ नवलपरासी बर्दघाट सुस्तापूर्व जिल्ला संघका अध्यक्ष एवं महोत्सवका संयोजक अमृत भट्चनले जानकारी दिनुभयो ।

Share.

Leave A Reply