गैँडाकोट महोत्सवमा कृषि प्रतियोगिता हुने

0

 

विजय एफएम, गैँडाकोट । आन्तरिक कृषि पर्यटनमा सहयोग पुर्याउने उद्देश्यले आयोजित गैँडाकोट महोत्सवमा कृषि प्रतियोगिताको आयोजना गरिएको छ । स्थानीय कृषि उपजको प्रवर्धनका लागि प्रतियोगिताको आयोजना गरिएको प्रचारप्रसार समितिका संयोजक शालिकराम सापकोटाले जानकारी दिनुभयो । महोत्सवमा आफ्ना कृषि उपजको प्रदर्शनका लागि उद्योग वाणिज्य संघ गैँडाकोट जिल्ला संघमा माघ १२ गतेसम्ममा समन्वय गर्न सकिने प्रचारप्रसार समितिका संयोजक सापकोटाले बताउनुभयो । विजय एफएम

Share.

Leave A Reply