गैडाकोट ३ ढोडेनीका विद्यार्थीलाई शैक्षिक सामाग्री सहयोग

0

माघ ९ । लायन्स क्लव अफ वागेश्वरी गैडाकोट सीटीले हिजो गैडाकोट ३ ढोडेनीका विद्यार्थीलाई झोला सहित शैक्षिक सामाग्री सहयोग गरेको छ । ढाडेनीमा रहेको मंगलादेवी प्राविका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरिएको हो । लायन्स क्ल्वका जन्मदाता मेल्वीन जुनको जन्मोत्सवको अवसरमा १६ जना विद्यार्थीहरुलाई सामाग्री प्रदान गरिएको थियो । दुर्गाप्रसाद चालिसेको सभाध्यक्षमा भएको कार्यक्रमको प्रमुख अतिथि वडा अध्यक्ष शिवकान्त तिवारी, विशिष्ट अतिथि क्लवका एओजी गोपाल प्रसाद गौतम, चार्टर पे्रसिडेण्ट नवलराज कडेँल, इश्वरी प्रसाद चापागाई, मेघनाथ कडेँलको सहभागीता रहेको थियो ।

Share.

Leave A Reply