महोत्सव अवधिभर नारायणी पुलको उत्तरपूर्व क्षेत्रमा शव जलाउन निषेध

0

विजय एफएम, गैँडाकोट । हरेक दुई दुई वर्षमा हुने गैँडाकोट महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । यही माघ १५ गतेबाट २६ गतेसम्म हुने गैँडाकोट महोत्सवमा माघ १२ गतेबाट महोत्सव अवधिभर महोत्सव परिसर नजिक शव जलाउन निषेध गरिएको जनाइएको छ । गैँडाकोट महोत्सव प्रचारप्रसार समितिका संयोजक शालिकराम सापकोटाले नारायणी पूलबाट उत्तर तर्फ शव नजलाउन आग्रह गर्नुभएको छ । गैँडाकोटको पहिचान र सभ्यता प्रवर्धनका लागि पनि महोत्सव आयोजना गरिएको जनाउँदै महोत्सवलाई सभ्य बनाउन सो क्षेत्रमा शव नजलाउन आग्रह गरिएको हो । विजय एmफएम

Share.

Leave A Reply