खर्चालु पर्यटक भित्राउन ‘टेम्पल टाईगर गल्फ टुर्नामेन्ट २०२०’ हुने (फोटो फिचर सहित)

0

पत्रकार सम्मेलनमा बोल्दै होटलका कार्यकारी अध्यक्ष वसन्तराज मिश्र, क्याप्टेन सुधीर राई

डोलराज रानाभाट, ८ माघ । भ्रमण वर्ष सन् २०२० मा खर्चालु पर्यटक भित्राउन नवलपुरको टेम्पल टाइगर ग्रुप अफ कम्पनीले ‘टेम्पल टाइगर गल्फ टुर्नामेन्ट २०२०’ गर्ने भएको छ । टेम्पल टाइगर रिसोर्टमा आज आयोजित पत्रकार सम्मेलनमा बोल्दै होटलका कार्यकारी अध्यक्ष वसन्तराज मिश्रले सिजी होटलसँगको सहकार्यमा आगामी फेव्रुअरी १ मा टुर्नामेन्टको आयोजना गरिएको जानकारी दिनुभयो ।

पत्रकार सम्मेलनमा वायाँबाट शोफि उपाध्याय, शारिका चौधरी, होटलका कार्यकारी अध्यक्ष वसन्तराज मिश्र, क्याप्टेन सुधीर राई

सामान्य पर्यटकले भन्दा २० प्रतिशत वढि खर्च गर्ने गल्फरहरुलाई नवलपुरमै भित्राउन आफूहरुले टुर्नामेन्ट गर्ने निर्णय गरिएको बताउँदै विश्वभर वार्षिक २ अरव अमेरिकी डलर गल्फ खेल्न आउने पर्यटकहरुबाट कारोवार हुने जानकारी दिनुभयो । विश्वमा हुने उक्त कारोवारको केही प्रतिशत नवलपुरमा भित्राउन सकेपनि आर्थिक क्षेत्रमा ठूलो सहयोग पुग्ने मिश्रको दावी थियो ।

खेल सहित पर्यापर्यटन वर्षको रुपमा मनाउन आफूहरुले आयोजना गरेको टुर्नामेन्टमा ३७ जनाले नाम टिपाएको र त्यसमध्ये ३३ जनाले खेल्ने निश्चित भइसकेको गल्फका क्याप्टेन एवम् पूर्व पाइलट सुधीर राईले जानकारी दिनुभयो । नवलपुरको दुम्कौलीमा स्थापना भएको सुविधा सम्पन्न गल्फ कोर्सको प्रचारप्रसारको अभावले पछि परेको भन्दै यसलाई विश्वमाझ पुर्याउन सके पर्यटनबाट देशको अर्थतन्त्रमा थप योगदान दिन सकिने बताउनुभयो । त्यसका साथै खेलमा रमाउने पर्यटक आउँदा चितवन नवलपुरमा रहेका होटल व्यवसायी देखि विभिन्न पेशा व्यवसाय गर्नेहरु यसबाट लाभान्वित हुने उहाँको भनाइ थियो ।

सहभागी चितवन नवलपुरका पत्रकारहरु

सहभागी चितवन नवलपुरका पत्रकारहरु

गल्फरहरु खेल सकिएपछि वसोवास गर्ने आरामदायी सुविधा सम्पन्न कोठाहरु

अर्गानिक तरकारीका लागि रिर्सोटभित्र गरिएको साग खेती

सीजि रिट्रिमा अवस्थि गल्फ खेल्ने मैदान र त्यहाँबाट दृश्यावलोकन गर्न सकिने प्राकृति शुन्दरता

नवलपुरकै दुम्कौलीमा रहेको सिजी रिट्रीट भित्र सुविधा सम्पन्न होटलको सेवा सहित गल्फ खेल्न सकिने भएपनि प्रचारप्रसारको अभावले पछाडी परेको तर अव अहिले राष्ट्रिय टुर्नामेन्टको आयोजना गरिएको र त्यसपछि थप प्रचारप्रसार गर्दै अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्ने उहाँको भनाई छ । एक जनाले मात्रै पनि खेल्न सकिने गल्फ अहिले निशुल्क खेलाइएको पनि क्याप्टेन राइको भनाई छ ।

अहिले प्रचारप्रसारमै आफूहरु केन्द्रीत रहेको भन्दै पहिला स्थानीयले अपनत्व गरेपछि अन्तराष्ट्रिय प्रतियोगिताको समेत आयोजना गर्ने उहाँको भनाई थियो । दुम्कौलीमा रहेको सिजी रिट्रीमा १२ विघा क्षेत्रफलमा फैलिएको गल्फको ९ वटा होलहरु रहेका छन् । प्रशिक्षकको समेत व्यवस्था गरिएको उक्त खेल शान्त, हरियाली र मनोरम वातावरणमा रमाउँदै खेल्न सकिन्छ ।

अहिले काठमाण्डौको गोकर्ण रिसोर्टमा मात्रै विदेशी खेल्न आउने गर्दछन् । जसमा भारतबाट वर्षको एक पटक, मलेसियाबाट र भुटानबाट तीन दिनको प्याकेजमा खेल्न आउने पर्यटकहरु वाहेक पर्याप्त खेलाडी ल्याउन सकिएको छैन । गल्फ खेलपछि पर्यटकको चाहाना अनुसार धार्मिक, प्राकृतिक, जंगल सफारी आदिको सुविधा उपलब्ध गराउने पनि आयोजकको भनाई रहेको छ । ।

सरकारले पनि दिगो पर्यटन  विकासका लागि गल्फ खेल्ने व्यक्तिहरुलाई आकर्षित गर्न सक्नुपर्नेमा होटलका कार्यकारी अध्यक्ष मिश्रको जोड रहेको छ । गल्फले प्राकृतिक स्रोतको विनाश पनि नगर्ने, कसैलाई हानी पनि नहुने र जोखिम पनि कम हुने तर खर्च गर्न सक्ने पर्यटक आउने भएकाले संख्यात्मक भन्दा पनि खर्च धेरै गर्न सक्ने पर्यटक भित्राउन सुझाव दिनुभयो  । कार्यक्रममा उद्योगपति विनोद चौधरीको श्रीमती शारिका चौधरी, शोफि उपाध्याय, नेपाल पत्रकार महासंघ नवलपुरका अध्यक्ष होमराज रानाभाट लगायत चितवन नवलपुरका २० बढि पत्रकारहरुको सहभागीता रहेको थियो ।

Share.

Leave A Reply