होटल द नारायणीको शुभारम्भ आज

0


गैंडाकोट माघ ८ । नारायणी विजनेस ग्रुपद्धारा स्थापित होटल द नारायणी प्रा.लि.को आज शुभारम्भ गरिदैंछ । नवलपरासी (बर्दघाट सुस्तापूर्व) गैंडाकोट कालिगण्डकी चोक स्थित होटल द नारायणी प्रा.लि.को आज अपरान्ह ४ बजे गैंडाकोट नगरप्रमुख छत्रराज पौडेलले उद्घाटन गर्ने कार्यक्रम रहेको होटल द नारायणी प्रा.लिका अध्यक्ष प्रभाकर पण्डितले जानकारी दिनुभयो ।

चितवन र नवलपरासीका ६ जना पर्यटन व्यवसायीहरु मिलेर गठन गरिएको नारायणी विजनेस ग्रुपको व्यवस्थापनमा होटल स्थापना भएको हो । २०७५ बैशाख ३१ गते कम्पनी रजिष्ट्रार कार्यलयमा दर्ताभई निर्माण शुरुगरिएको यस होटलको लगानी झण्डै सात करोड रुपियाँ रहेको अध्यक्ष पण्डितले जानकारी दिनुभयो । देशले पर्यटन वर्ष २०२० मनाइरहेका बेला पर्यटन वर्षलाई लक्षित गर्दै होटल द नारायणी प्रा.लि. ले आनो सेवा सञ्चालनमा ल्याएको होटलका प्रवन्ध निर्देशक ज्ञानप्रसाद न्यौपानेले जानकारी दिनुभयो ।


होटल द नारायणी प्रा.लि.मा ध्वनी प्रदुषण रहित ६ वटा बैठक तथा सभाहल, पार्टी हल, मनोरम वाटर फाउण्टेन, नेपाली तथा थकाली खानाका विभिन्न स्वादिष्ठ परिकार सहितको रेष्टूरेन्ट एण्ड बार, सुविधा सम्पन्न सुपर डिलक्स रुमहरुको सुविधा रहेको सञ्चालक बसन्त पराजुलीले जानकारी दिनुभयो ।


प्रयाप्त पार्किङ, ध्वनी मैत्री हलहरु, स्वादिष्ट खानाका परिकार र उत्कृष्ट ब्यवस्थापनका कारण होटल द नारायणी प्रा.लि. नवलपरासी तथा चितवन यस भेगमा बिबाह, ब्रतबन्ध जस्ता सामाजिक कार्य, सभा गोष्ठि, तालिम तथा कार्यक्रमकालागि पनि पहिलो रोजाई हुने विश्वास सञ्चालकको छ ।

Share.

Leave A Reply