अपाङगता भएका गैडाकोटका १२ जना व्यक्तिहरुलाई सहायता सामाग्री वितरण

0

पवित्रा पराजुली, गैडाकोट, ७ माघ । गैँडकोट नगरपालिकाले मंगलबार १२ जना अपाङगता भएका व्यक्तिहरुको लागि सहायता सामाग्री वितरण गरेको छ । अनामनगर काठमडौँको सहयोगमा नगरपालिकाले ६ जनालाई ट्राईसाइकल र ६ जनालाई ह्वील चियर वितरण गरेको हो । कार्यक्रममा बोल्दै गैँडाकोट नगरपलिका की उपप्रमुख बिष्णु कुमारी कंडेलले ट्राईसाइकल र ह्वील चियरले बितरणले अपाङगता भएका व्यक्तिमा थप हौसला बढ्ने बताउनुभयो । साथै उहाँले अपाङगता भएका व्यक्तिको सिप र क्षमता विकासको लागि नगरपलिकाले काम गरिरहेको पनि बताउनुभयो । त्यस्तै राष्ट्रिय अपाङग पुर्नस्थापना समाज अनामनगरका उपाध्यक्ष सुगम भट्राईले सस्थाले अपाङगता भएको व्यक्तिका लागी बिभिन्न काम गदैँ आएको बताउदैँ आगामी दिनम पनि निरन्तता दिने बताउनुभयो ।


गैडकोट नगरपालीका मा भएको यस कार्यक्रममा महिला तथा बालबालिका विकास साखा प्रमुख सिता लामिछाने ले स्वाग्त मंतव्य राख्नुभएको थियो । ट्राईसाइकल र ह्वील चियर पाए सगैँ अपाङगता भएका व्यक्तिपनि निकै खुशी भएका थिय । कार्यक्रममा गैडकोट नगरपालीका का प्रशासकिय अधिकृत रामप्रसाद आचार्य , विभिन्न वडाका वडा सदस्य कार्यपालीका सदस्य लगाएतको उपस्तिथी रहेको थियो ।

Share.

Leave A Reply